जिल्ला शिक्षा अधिकारी पौडेललाई कालोमोसो

जानकी दहित / दाङ : नेपाल कम्युनिस्ट पार्टी, रोल्पाले जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेललाई भ्रष्टाचार गरेको आरोपमा भर्खरै (सोमबार) कालोमोसो दलेको छ । जिल्ला शिक्षा कार्यालय रोल्पाका जि.शि.अ. पौडेलले विभिन्न विद्यालयको भवन निर्माण, शिक्षक नियुक्तिलगायतका योजनामा भ्रष्टाचार तथा अनियमितता गरेको भन्दै सो पार्टीले कालोमोसो दलेको बताएको छ । जिशिअ चिरञ्जीवी पौडेलले गरेको भ्रष्टाचार तथा अनियमितता शिक्षा ऐन तथा नियमावली विपरीतसमेत रहेको भन्दै कालोमोसो दलेको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले जानकारी दिएको छ ।

 

२०७४ भदौ १२ गते ११ : २५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :