मेलम्ची अझै अनिश्चित

काठमाडौं :  मेलम्ची खानेपानीको मुख्य पाइपलाइन विस्तार गर्ने जिम्मा पाएको भारतीय कम्पनी जेआईटीएफको काम सन्तोषजनक नभएको भन्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले ठेक्का रद्द गर्न लागेको छ । ठेकेदार कम्पनीको काम सन्तोषजनक नभएपछि ठेक्का रद्द गर्न सिफारिस गरेको निर्देशनालयका एक अधिकारीले बताएका छन् । जेआईटीएफले महांकाल–चुच्चेपाटी, चाबहिल–महाराजगञ्ज हुँदै बाँसबारीसम्म मुख्य पाइपलाइन र दुईवटा रिजभ्र्वायर ट्यांकी बनाउने ठेक्का पाएको थियो । खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले निर्धारित समयमा काम नगरेका, जनतालाई सास्ती दिएकोले ठेकेदार कम्पनीलाई चेतावनी दिइएको बताएका छन् ।

२०७२ भदौ १२ गते १० : ०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :