आत्मनिर्भताको नीति अबलम्बन गरी नेकपा डडेल्धुरा उत्पादनमा जुट्दै

आत्मनिर्भताको नीति अबलम्बन गरी नेकपा डडेल्धुरा उत्पादनमा जुट्दै

डडेल्धुराः नेपाल कम्युनिस्ट पार्टी डडेलधुराले पार्टीको केन्द्रीय आत्मनिर्भर नीति अनुरूप जिल्लाको परशुराम नगरपालिका वडा नम्बर १० लामिजालामा नेताकार्यकर्ताहरु आलु खेतीमा जुटेका छन् ।

नेकपा डडेल्धुरा जिल्ला सचिव विजय रानाले अहिलेको अवस्थामा हरेक व्यक्ति उत्पादनमा नजोडिएर क्रान्ति र आन्दोलनमा योगदान गर्न नसक्ने बताएका छन् । उनले भने, ‘ हाम्रो पार्टीको आत्मनिर्भरता सहितको उत्पादनमा भाग लिने निर्णय समेत छ र हामी हाम्रो पार्टीसँग आवद्ध सबै कार्यकर्ता उत्पादनमूखी र प्रत्यक्ष श्रममा जोडिरहेका छौँ । समाजवादी आन्दोलनलाई दिगो बनाउन र समाजवाद स्थापनाको लामो लड़ाई सफल पार्न हाम्रो सिंगो पार्टी पंक्ति सशक्त रूपले लागिरहेका छौँ ।`

उक्त उतपादन कार्यमा पार्टी जिल्ला सचिव विजय राना, नगर इन्चार्ज पूर्णिमा धामी, कार्यालय सचिव गणेश बोहरा, नगर सचिव लाल बोहरा लगायतका श्रममा सहभागिता रहेको छ । नेकपाले जिल्ला जिल्लामा अहिले उत्पादनसँग नेताकार्यर्तालाई जोड्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :