दोलखामा नेकपाको वडा भेला तथा जनपत्रकार संगठनको जिल्ला भेला सम्पन्न

दोलखामा नेकपाको वडा भेला तथा जनपत्रकार संगठनको जिल्ला भेला सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी दोलखा जिल्ला समिति अन्तर्गत शैलुङ गाउँपालिका वडा नम्बर ६ को प्रथम वडा भेला तथा प्रशिक्षण साथै दोलखा जिल्ला जनपत्रकार संगठन नेपालको प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।

सो कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी माधव गौतम आकाश, जिल्ला कमिटी सदस्य सोम पाख्रिन, किसान संगठनका जिल्ला संयोजक गोपाल उप्रेती, महिला संगठनका जिल्ला संयोजक आशा राई, सुरज थोकर गंगा थपलिया, भरत घिसिङ, तिलक खत्री विद्यार्थी नेतृ पुजना बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि आकाशले एमसीसी परियोजनाले नेपालको हित नहुने र एमसीसीका विरुद्ध आम बुद्धिजीवी जनता, सबैलाई सडकमा उत्रिन आह्वान गरे । उनले संसदीय निर्वाचनले नेपाली जनताको जीवन अन्धकार बनाएको भन्दै अब जनमत संग्रहबाटै जनताले अधिकार चुन्ने व्यवस्था गर्न आफ्नो पार्टीको माग रहेको बताए । देशमा भएको बेरुजु, भ्रष्टाचार, बेतिथिका विरुद्ध पार्टी सशक्त रुपमा आन्दोलन गर्ने चेतावनी दिए ।

सो भेलाबाट शारदा घतानीको नेतृत्वमा ११ सदस्यीय वडा कमिटी गठन गरिएको छ । त्यस्तै जनपत्रकार संगठन नेपालको जिल्ला समिति सोम पाख्रिनको अध्यक्षतामा ७ सदस्यीय कमिटी गठन गरिएको छ । उक्त कार्यक्रमको अध्यक्षता तथा संचालन सागरले गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य सोम पाख्रिनले राखेका थिए । मन्तव्यका क्रममा उनले अहिलेको व्यवस्था दलालहरुले चलाएको भन्दै यही व्यवस्थाले जनताको जीवन परिवर्तन गर्न नसक्ने दाबी गरे । अबएकीकृत जनक्रान्तिले मात्रै जनताको जीवन परिवर्तन सम्भव रहेको बताए । साथै यो व्यवस्थााको विकल्प जनमत संग्रहबाट जनतालाई फैसला गर्न दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :