यो सहरको कथा–व्यथा

रातो रानी फुलेझैं साँझमा
… … …
डेनी डेन्जोम्पाले गाएको यो गीतझैं मायालु जोडीहरूलाई मात्र होइन, देशभरका सबैखाले जनताको आस्था र ढुकढुकी बनेको छ । यो काठमाडौं सहर तर योभित्रका चित्र र चरित्रले मनभरि प्रश्नैप्रश्न खडा गरेको छ आजभोलि ।
प्राचीन मानवसभ्यताको विकास नगर सभ्यताको विकाससँगै सुरुआत भएको थियो । आज सहर आधुनिकता र सभ्यताको प्रतीक हो । सहर विकास विलासको संगम हो भन्ने जनधारणा रहेको छ । नेपालको राजधानी सहरको उदेकलाग्दो चित्र र चरित्रले नेपाली समाज र सभ्यतालाई खिल्ली उडाएको छ । यो राजधानी सहर न आधुनिक पुँजीवादी मान्यतामा छ न सामन्तवादी मान्यतामै छ यो एउटा कुरूपतामा छ ।

नेपालका हरेक गाउँघरतिर काठमाडाैं सहर गाउँलेहरूको सपनाको प्रतीक रोजगारीको गन्तम्य बनेको थियो र बनिरहेको छ । आजसम्म हरेक मान्छेले पैसा कमाउन, सुख काट्न, जीवन चलाउन जीवनको सपना यही सहरमा देखेको छ । मलाई त यो वाइयात लाग्छ काठमाडाैं आधुनिकताको धाक लगाएर के गर्नु गर्मीमा धुलो र वर्षात्मा हिलो त हाम्रो गाउँमा पनि हुन्छ । सहर पनि उस्तै छ किन होला ? केही समय अगाडि बागबजारमा साहर पखाल्न रातभर दमकल खटेको समाचार पढेको भोलिपल्ट दिउँसो सामाखुसीमा एक घरमा आगो लाग्यो घर जलेर खरानी भयो । धन्न दमकल आयो र खरानीमाथि पानी हाल्न भ्यायो । म पनि रमिते थिएँ । त्यतिबेला हजारौँ थिए दर्शक तर कसैले एक बोतल पानी उठाएर आगोमा हाल्ने चेष्ठा गरेन । बरु उल्टै भिडियो खिँच्ने होडबाजीमा हातहरू ठडिएका थिए । नेपालमा यो कस्तो संस्कार बोकेर आयो सहर आधुनिकताको नाममा । नयाँ सडकबाट दमकल सामखुसी पुग्दा घर खरानी भयो । घरको र दमकलको भन्दा पनि सडकमा अत्यधिक जाम र अति आवश्यक सेवा र उद्धारको तयारीलाई कसरी मिलाउने भन्ने आँकलन किन नगरेको होला ?
सुत्केरी व्यथा लागेकी महिला चक्रपथको कुनै एक चोकबाट प्रसुति गृहतिर लैजान र चितवनबाट काठमाडांै बिरामी ल्याउन उस्तै समय लाग्छ । हृदयघातको बिरामी त अस्पताल नै पुग्न सक्दैन, बाटोमै परमधाम हुन्छन् काठमाडांै सहरमा । चोकै पिच्छे हुने जामले घण्टौंसम्म सडकमा दिन बिताउन पर्ने गरेको छ । जाम मात्र होइन गाडीमा ब्यापक मान्छे खाँदाखाँद छ, गाउँतिरको घँैटोमा गुन्द्रुक खाँदे जस्तो गरी मान्छे पनि खाँदेर राखेको देखियो भोगियो ।

हेर्दा सहरी विकास र व्यवस्थापनमा विज्ञता नै मान्नुपर्छ नेपाली नेता र योजनाकारहरूको राजनीतिक व्यवस्था परिर्वतनको नारा व्यापक रूपमा सहरका सडकमा नउरालिएको होइन । नाराका सिकार सडकका रेलिङ र जनताका छोरा छोरी नभएका पनि होइनन् तर किन बदलिएन सहर ? पञ्चायतकालमा बाहिरी चक्रपथ काँठको किनारैकिनार सडक बनाउने योजना प्रस्ताव गरेको थियो रे कसले किन भत्कायो त्यो योजना ? आज मेट्रो रेलको सपना मात्र हो कि विपना पनि होला नेपालमा ? कालीमाटीमा तरकारीको भाउ बिहान, दिउँसो, बेलुका तीनथरी हुन्छ यता सिंहदरबार, बालुवाटार र बानेश्वरका दलहरूको भाउ बोली पनि उस्तै बदलिरहन्छ, ठेगान छैन के ले यस्तो बनायो नेपाललाई ? मानव सभ्यताको प्रातःकालमा ग्रिस र रोमका नगरराज्यहरूबाट सभ्यताको जग बसेको थियो । आजभोलि पनि नेपालमा गाउँलाई पाखे असभ्यताको प्रतीक र सहरलाई सभ्यताको जननी ठान्ने ठालुहरूको जमातको कमी छैन तर यो सहरको हालत यस्तो छ कोही बोल्न र नयाँ काम थाल्न तयार छैनन् ।

आज गाउँ र सहरको बारेमा यो विचित्र देखेपछि म त सोचेको सोच्यौ भएँ त हो गाउँ र सहर (नगर) को विकास र विशेषता फरक छ भन्ने थाहा पाउनका लागी कपाल फुलाउनैपर्दैन नि हजुर सहरतिर कुकुरले मैला कपडा लगाएका गाउँले देख्दा भुक्छ र गाउँतिर नयाँ सुकिला लुगा लगाएका सहरिया मान्छे देख्दा भुक्छ किन होला ? खै कसले सिकायो होला त्यसलाई माक्र्सवाद, गाउँ र सहरको विशेषतामा छक्क पर्छु म यी ठालुहरूको कुरा सुनेर । घरको फोहर र नालीको ढल बाग्मती र विष्णुमती मनोहरालगायतका नदीनालामा खन्याउने आज २० वर्षपछि नदी सफाइको होहल्ला गर्दै अभियान चलाउने विकृत कल्पनाशीलताको आधार के हो त्यसको जरो उखेल्न जरुरी छ सहरको सभ्यता विकासको लागि ? असनमा घर छ तर पैसा छैन । कसरी पैसा कमाउँछन् मान्छे भन्दै भाइचा काँठतिर बसाइँ सरेछ । उसले प्रश्न गर्दै थियो हैन म त असनको घर बेचेर काँठतिर घर किनेर बसेको छु । गाउँ–गाउँबाट आएका मान्छेहरूले कसरी महल ठड्याएका होलान् सहरमा उनको प्रश्नले संकेत गर्दै थियो । सहरमा नया गरिब वर्ग जन्मँदैछन् । हिजोका रैथानेहरूसमेत विस्थापित हुँदैछन् । धनीहरू विदेशतिर र गरिबहरू गाउँपाखातिर लाग्दै गरेका सहरको आजको यथार्थ हो ।

सहरको दिउँसो मात्र होइन रात्रीकालीन सभ्यताको बारेमा त कसलाई के मतलब छ र ! दिनभर काठमाडाैं महल र नयाँ सडकका व्यापार भन्दा दोब्बर साँझतिर सडक किनारहरूमा जनताको हुल धेरै हुने किन होला आर्थिक समृद्धिले नै होला त ?  एलिटहरू टलकदार सिसमहलमा र गरिबहरू रत्नपार्कमा गरिरहेछन् शरिरको मोलमोलाई । कोही घण्टाको दरमा आखिर स्थान र मूल्य फरक तर व्यापार धन्दा उही । आज दुनियाँमा पश्चिममा पँुजीवादी विचार र सभ्यतामा संकट आएको भन्दै पश्चिमा विद्वान्हरू निक्कै चिन्तन गर्न थालेका छन् तर यता त्यही सभ्यता र संस्कारको नक्कली रमझममा आधुनिकताको भ्रममा बाँच्नेहरूको कमी छ्रैन ।

गाउँघरतिर घर सुरक्षा जंगली जनावरको निगरानीका लागि कुकुर पालिन्छ । एउटा कृषकको लागी त्यो काम महत्वपूर्ण छ तर रोचक छ सहरका महलमा ठिटाठिटीहरू लचकदार पलङमा कुकुर सुताउँछन् । आधुनिक युरोपियन सभ्याताको पहिचान दिन्छन् र साँझबिहान सडक बाहिर छिमेकीका घरको ढोका अगाडि दिसापिसाब गराउँछन् । कलेजका ड्रेसमै ठिटाठिटी बोकेर गेष्ट हाउस धाउँछन् । घर गएपछि कुकुर डुलाउँदै आधुनिकताको रवाफ देखाउँछन् । सडकका किनाराहरूमा मगन्ते र असाहय अशक्तहरू दृष्टिविहीन गीत गाउँदै माग्दैछन् र गुजारा चलाइरहेका छन् । एक पेट खान र बाँच्न पाउने अधिकार नदिने लोकतन्त्रलाई राजधानीले नै गिज्याइरहेछ । कतिपय मान्छेहरूलाई एक खान दिँदैनन् सडकमा लडिरहेका हुन्छन् अनि कुकुरले एलिटका छोरा छोरीलाई अँगालोमा बाँधेर सुत्छ यही हो सहरको रोचकता ।
घरभित्र निक्कै आधुनिकताको सान झल्काउँछन् । झयालबाट फोहर फाल्दै सडकका पेटीहरूदेखि दैलोसम्म फोहरको डंगुर लगाउँछन् । यो मानसिकताबाट कहिले मुक्ति पाउला सहरले जेहोस् जमेकै छ हाम्रो सहर त्यही सहरका गल्लीहरूको कथा–व्यथालाई टपक्क टिपेर उतारेका छन् नेता एवं गीतकार विप्लवले– यो सहरमा …
यो प्रहरमा जरुर छ
एक क्रान्ति … ।

२०७४ भदौ ११ गते ९ : ३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :