प्रम देउवालाई कालो झण्डा / प्रदर्शनकारी गिरफ्तार

काठमाडौं : प्रम देउवाले भारत भ्रमणको क्रममा राष्ट्रघात गरेको, देशको आन्तरिक मामिलामा भारतलाई सहभागी गराएको, प्राकृतिक स्रोतहरु भारतलाई सुम्पेकोलगायतका आरोप लगाउँदै विप्लव नेतृत्वको नेकपाले प्रमलाई हवाई अड्डामा कालो झण्डा देखाएको छ । ठूलो वेलुनमा कालो झण्डा बाँधेर आकासमा उडाँउदा प्रहरीहरु जिल्लिएका थिए । विरोध प्रदर्शनको क्रममा नेकपा निकट युवा संगठनका केन्द्रीय महासचिव बाबुराम राई ‘विवश’सहित ८ जना कार्यकर्ताहरु प्रक्राउ परेका छन् । नेकपा स्थायी समिति सदस्य तथा पूर्वी कमाण्ड इन्चार्ज हेमन्त प्रकाश वली‘सुदर्शन’ले घटनाकोे पुष्टि गर्दै पक्राउ गरिएका कार्यकर्ताहरु तत्काल रिहा नगरे कडा संघर्षमा उत्रने चेतावनी दिनुभएको छ ।

२०७४ भदौ ११ गते ७ : १५ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :