रौतहटमा माके–कांग्रेस गठबन्धनको ज्यादती

अम्बिका चन्द / काठमाडौं : नेकपा रौतहटले आफ्नो पार्टीका जिल्ला सदस्य जमानसिंह वाइवाको घरमा प्रहरीद्वारा खानतलासी गरेको भन्दै ध्यानाकर्षण भएको बताएको छ । आइतबार माओवादी केन्द्रका समिर भट्टराईको निर्देशनमा स्थानिय यादव खरेलले इप्रका चन्द्रपुरको प्रहरी टोली परिचालन गरी जमानसिंहको घरमा खानतलासी गर्नुको साथै परिवारका सदस्यहरुलाई हातपात र धरपकट गरेको पनि बताइएको छ । नेकपा रौतहटका इन्चार्ज विजयलाल सिंह र सेक्रेटरी विष्णु बरालद्वारा जारी विज्ञप्तिमा माओवादी केन्द्र र कांग्रेस गठबन्धन सत्ताका दलाल र सुराकीहरुले आफ्नो पार्टीका नेताकार्यकर्ताहरुलाई अनाआवश्यक रुपमा दुःख दिने गरेको जनाएको छ । त्यसप्रकारका हर्कत नरोके गठबन्धन सत्ताका सुराकी र दलालहरुका गतिविधिबाट उत्पन्न हुने परिणामको जिम्मेवार पनि स्वयं राज्य नै हुनुपर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । 

 

२०७४ भदौ ११ गते ६ : ०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :