कोरियामाथि अमेरिकी हस्तक्षेपको विरोध


काठमाडौं :  अमेरिका र उसका गठबन्धन देशहरुले उत्तरकोरियामाथि वर्षौदेखि नाकाबन्धी लगाउँदै आएका छन् । अमेरिकामा डोनाल्ड ट्रम्प विजय भएपछि हालै चर्को नाकाबन्दी लगाएको छ । ट्रम्प प्रशासनले उत्तरकोरियाको सीमा नजिक दक्षिण कोरियामा थाडसहित जासुसी प्रणाली जडान गरेको छ । हाल दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले कोरियाली प्रायद्विपमा संयुक्त सैन्य अभ्यास गरेका छन् । सो सैन्य अभ्यास उत्तरकोरियामाथि आक्रमण गर्ने उद्देश्यले गरिएको हो । उत्तरकोरियाले आत्मरक्षाका लागि आणविक हतियारको विकास गरिरहेको छ । तर अमेरिका, बेलायत र फ्रान्सले आणविक हतियारमा एकाधिकार कायम गर्न चाहेका छन् । विश्वभरी आतंक विस्तार गरिरहेका यी देशहरु नै गैरजिम्मेवार छन् । उनीहरुबाट नै विश्व असुरक्षित छ । तसर्थ विश्वका हरेक देशहरुलाई अमेरिकालाई जसरी नै आणविक हतियार निर्माण र विकास गरेर आत्मरक्षा गर्ने अधिकार छ । हाल अमेरिकाको हस्तक्षेपका कारण कोरियाली प्रायद्वित युद्धको संघारमा धकेलिएको छ । त्यहाँ युद्ध भड्केमा आणविक हतियार प्रयोग हुनसक्ने र त्यसबाट विश्वभरी भयावह परिस्थिति श्रृजना हुनेछ । तसर्थ नेकपाले आइतबार एक विज्ञप्ति जारी गर्दै नेकपाका स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले सो माग गर्नुभएको हो । विज्ञप्तिको पूर्णपाठ–

जनतान्त्रिक जनगणतन्त्र कोरियाका विरुद्धको कथित नाकाबन्दी र सम्भावित युद्धको विरोध गरौं ।

हालै संयुक्त राज्य अमेरिका युएसए ले जनतान्त्रिक जनगणतन्त्र कोरिया (डीपीआरके) विरुद्ध घोषणा गरेको कडा नाकाबन्दी र कोरिया सागरमा गरिएको सैन्य अभ्यासले कोरिया प्रायद्वीपमा एउटा गम्भीर तनाव र युद्धको भयंकर खतरा देखिरहेको छ । यो विवादले विश्वलाई क्रमशः ध्रुवीकृत गर्दै पनि लगिरहेको छ । यो घटनाले हाम्रो पार्टीको ध्यान गम्भीर रुपले तानेको छ । कोरियन जनताले किम ईल सुङको नेतृत्वमा अमेरिकालाई युद्धमा परास्त गरि धपाएपछि कोरिया र अमेरिकाबीच युद्धविराम भएको अहिले करिब ६ दशक भयो जुन समयदेखि त्यहाँ जनतान्त्रिक जनगणतन्त्र कोरियाको स्थापना गरियो । त्यो समयदेखि अमेरिकाले डीपीआरकेविरुद्ध जनताको आर्थिक विकास र जनजीविकामा सुधारलाई अवरुद्ध गर्न विभिन्न तहको नाकाबन्दी थोपर्दै आएको छ । डीपीआरके विरुद्ध सत्रुतापूर्ण व्यवहार एवम् साम्राज्यवादी मिसनमा निरन्तरता दिंदै आएको छ । युएसएले जापानका विरुद्ध आफ्नो आणविक बम प्रयोेग गरिसकेको छ र विश्वका जनताका विरुद्ध विभिन्न स्तरका हतियार प्रयोग गरिसकेको छ ।

युएसएले यसका आणविक ताकत र अत्याधुनिक हतियार विश्वका जनतालाई चुनौती दिन, सरकारहरूमाथि ब्ल्याकमेलिङ गर्न र यसको साम्राज्यवादी नीति थोपर्दै विश्वका आम–जनतामाथि दमन र उत्पीडन थोपर्न प्रयोग गर्दै आएको छ । यसको दुश्मनीपूर्ण नीतिलाई निरन्तरता दिंदै युएसएले अहिले डीपीआरकेका विरुद्ध उसको आणविक कार्यक्रम र मिसाइल परिक्षणको बिषयलाई निहुँ बनाएर फेरि युद्धको धम्की दिने, कोरियन जनतालाई होच्याउने र विश्वलाई ब्ल्याकमेलिङ गर्ने कामलाई तीब्रता दिएको छ । यही ६ अगस्त २०१७ मा युएसएले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा खतरा भन्दै कथित नाकाबन्दी प्रस्ताव २३७१ पास गर्न उपयोग ग¥यो । यो प्रस्तावमार्फत युएसएले यस्तो अपराध गर्दैछ । जसले सामान्य व्यापार व्यवसाय र आर्थिक बिनिमय गर्नसम्म प्रतिबन्ध लगाउनेछ । जसबाट विश्वसामु डीपीआरकेको विचारधारा र राज्य–व्यवस्थाको अन्त्य गर्ने र कोरियाली जनताको सर्वनास गर्ने नियत खुलस्त राखेको छ । यो युएन नाकाबन्दी प्रस्तावको तर्क जेसुकै गरियोस् । यसले डीपीआरकेका जनतालाई दुःख दिने, त्यहाँको अर्थतन्त्रलाई कमजोर बनाउने र त्यो देशलाई विश्वबाट अलग–थलग बनाउने उद्देश्यमा आधारित रहेको छ ।

अमेरिकाबाट विगत ६ दशकदेखि बारम्बार युद्धको धम्की आइरहने, र विश्वका कमजोर देशहरूमाथि युद्ध थोपरिने गरेको कारण डीपीआरके जस्तो सार्वभौमसत्ता सम्पन्न राष्ट्रको लागि एउटा शक्तिशाली अझ सबैभन्दा शक्तिशाली आणविक हतियारको विकास गर्नु सही, न्यायोचित र युक्तिसंगत अधिकार हो । यो सन्दर्भमा डीपीआरकेलगायत एसिया महादेशका दक्षिण एसियाली तथा मध्यपूर्वका देशहरूले आत्मरक्षाका खातिर, संसारको सबैभन्दा ठूलो आणविक हतियार भण्डारण गर्ने देश अमेरिकाको धम्कीको चुनौती सामना गर्न आणविक हतियार निर्माण गर्नु न्यायोचित र युक्तिसंगत हुन्छ । अमेरिकाले यसप्रकारको नीतिलाई “अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा खतरा” भन्नु गुण्डागर्दीको तर्क प्रयोग गर्नुजस्तै हो । जसको उद्देश्य या त अमेरिकी साम्राज्यवादी लुटका लागि सबै देशले तयार हुनुपर्छ या ऊ अमेरिकी युद्धको सिकार हुनुपर्छ भनेजस्तै हुन्छ । युएसएले विश्वका साना देशहरू र कमजोर देशहरूलाई खराब राज्यको रूपमा चित्रित गर्दै आएको छ ।

इतिहासले बारम्बार पुष्टि गरेको तथ्य के हो भने आफैँलाई विश्वको महाशक्ति मात्रे अमेरिका विश्वमा नियोजित रुपमा आतंवाद सिर्जन गर्ने र तयसलाई प्रश्रय दिने आफैँमा विश्वको एउटा खराब सत्ता हो । यो सन्दर्भमा डीपीआरके र अरू सार्वभौम देशहरूले पनि परिस्थितिको सामना गर्न सम्भव भएको सबै प्राप्त गर्ने नीति तय गर्नुपर्छ । माओले “यदि जनतासँग जनसेना छैन भने ऊसँग आफ्नो भत्रे केही हुँदैन” भत्रुभएजस्तै जुच्छे विचारको आत्मनिर्भर नीतिभित्र डीपीआरकेले युएसएको वहकावमा संयुक्त राष्ट्रसंघले विगत तमाम दशकहरूमा पास गरेका नाकाबन्दी प्रस्तावहरूका विरुद्ध कठोर संघर्ष गर्दै आणविक हतियार र लामो दुरीका क्षेप्यास्त्र परिक्षण र विकास गरेर सम्भव भएको सबै प्राप्त गर्ने प्रयत्न गरेको छ । आफ्नो स्वाद भरेको समयमा युएसए, फ्रान्स र बेलायतले संसारको सबैभन्दा धेरै आणविक तथा अन्तर–महादेशीय क्षेप्यास्त्र परीक्षण गरेर खुला रूपले आणविक प्रभुत्व स्थायी रूपमा आफ्नो नियन्त्रणमा राख्न खुला बहस चलाइरहेका छन, उनीहरूले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई डीपीआरके र अन्य कमजोर देशहरूका विरुद्ध आणविक हतियार मजबुत बनाउने र आत्मरक्षा मजबुत बनाउने कामलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको भन्दै गल्ती देखाउने र अनेक प्रकारका नाकाबन्दी गर्ने प्रस्ताव पास गर्न प्रयोग गरेका छन् ।

कथित स्थायी आणविक शक्तिहरूको यो तर्कले द्वैत मापदण्डको उजागर गर्दछ । यो अवस्थामा, जुन देशहरू र सुरक्षा परिषद्का सदस्यहरूले डीपीआकेका विरुद्ध नाकाबन्दीको प्रस्ताव पास गरेर कोरियन प्रायःद्वीपमा तनाव कम गर्ने अभिलाषा राखेका छन्, त्यसमा उनीहरू सफल हुने देखिँदैन, बरु त्यस क्षेत्रको शान्ति र सुरक्षा भताभुंग पार्नेछन् । हाम्रो पार्टी युएसएको डीपीआरके सरकार, कोरियन जनताका संसारका जनता र अमेरिकाभित्रै रहेका उत्पीडित जनताका विरुद्ध सत्रुतापूर्ण नीतिको विरोध गर्दछ । अमेरिकी साम्राज्यवादी धनाढ्यहरूले अमेरिकी जनता, विश्वका उत्पीडित ९९ प्रतिशत जनतालाई निचोर्दै जसरी जनतामाथि युद्ध, अपराध थोपरेका छन् र विज्ञान र प्रविधिको दुरुपयोग गर्दै नाफाका लागि प्राकृतिक वातावरण र मानवताका विरुद्ध अपराध गरेका छन्, हाम्रो पार्टी त्यसको विरोध गर्दछ । हामी युएसको यसप्रकारको विश्वका उत्पीडित जनताका विरुद्ध गरिने सत्रुतापूर्ण साम्राज्यवादी नीतिको विरोध गर्न नेपाली क्रान्तिकारी जनता र विश्वभरका उत्पीडित जनतालाई खडा हुन र विश्वमा पूर्ण जनवादका लागि खडा हुन अपिल गर्दछौं ।

हामी अमेरिकाले डीपीआरकेका विरुद्ध नाकाबन्दी र युद्ध थोपर्ने, दक्षिण एसियाका देशहरू तथा मध्यपूर्वका देशहरूमा युद्ध थोपर्ने नीतिका विरुद्ध खडा हुन अपिल गर्दछौं । हामी समस्त जनतामा सिरियालगायत अन्य उत्पीडित राष्ट्रका विरुद्ध अमेरिकी दादागिरीको विरोधमा खडा हुन पनि अपिल गर्दछौं । संसारभरका उत्पीडित जनतालाई अमेरिकी साम्राज्यवादी तथा यसका सहयोगी शक्ति राष्ट्रको दयामा विश्वमा शान्ति, स्थिरता र प्रगति आउँछ भत्रे सपनाको भ्रम पूर्ण रूपले परित्याग गर्न पनि अपिल गर्दछौं । हामी विश्वका सबै जनतालाई वैज्ञानिक समाजवाद स्थापना गर्न खडा हुन अपिल गर्दछौं , जुन समाजमा मानवजाति अन्तर्राष्ट्रियतावादी जाति हुनेछ र कुनै पनि मानिसले कुनै पनि मानिसबाट उत्पीडित हुनुपर्नेछैन ।

२०७४ भदौ ११ गते ४ : ५९ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :