भेनेजुएलामा सर्वसाधारणलाई सैन्य तालिम

काठमाडौं :  अमेरिकासँगको तनाव चुलिंदै जाँदा भेनेजुएलाको सरकारले देशभर सैन्य अभ्यास आयोजना गर्दै हजारौँ सर्वसाधारणलाई बन्दुक चलाउन सिकाएको छ । सरकारले २ लाख सैनिकहरु र ७ लाख सर्वसाधारण र आवश्यकताअनुसार फौजी जिम्मेवारीमा तैनाथ गर्न सकिने भनिएका व्यक्तिहरु उक्त तालिममा सहभागी भएको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकोलास मडुरोको सरकारमाथि मानवअघिकार उल्लंघनका विषयलाई लिएर दबाव बढाएपछि पछिल्लो सैन्य अभ्यास आयोजना गरिएको हो । राजधानी कारकस र भेनेजुएलाका अन्य शहर तथा नगरहरुमा आधारभूत सैन्य गतिविधिबारे सर्वसाधारणहरुलाई तालिम दिइएको थियो ।


उद्देश्य
राष्ट्रपति मडुरोले आफ्ना जनता ‘साम्राज्यावादी’ को आक्रमणबाट देशको रक्षा गर्न तयार रहेको बताएका छन् ।
शुक्रबार अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलाविरुद्ध कडा प्रतिबन्धहरु घोषणा गर्दै मडुरो ‘तानाशाह’ भएको आरोप लगाएका थिए । यसै महिनाको शुरुमा ट्रम्पले भेनेजुएलाको संकटसँग जुध्न सैनिक हस्तक्षेप पनि एउटा विकल्प रहेको बताएका थिए । स्रोत : बिबिसी

२०७४ भदौ ११ गते ३ : १२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :