सर्लाही मञ्चमा मगर

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी निकट सर्लाही–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चको अध्यक्षमा पदम मगर निर्वाचित भएका छन् । शनिबार त्रि–चन्द्र क्यामपसमा भएको प्रथम सर्लाही जिल्ला सम्मेलनले मगरको नेतृत्वमा ४ सदस्यीय रिक्तसहित १७ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिका सदस्यहरुमा उपाध्यक्ष गोविन्द प्रर्साइ, सचिवमा प्रदिव फुयाल, कोषाध्यक्षमा जुनु जर्गामागर, सहसचिवमा विजय बुर्जामगर सदस्यहरुमा शान्ति जर्गामगर, सानु आले, हितमान तामाङ, सुस्मिता जर्गामगर, निरबहादुर आलेमगर, सुस्मा श्रेष्ठ, निरमाया मगर, ईश्वरी जर्गामगर रहेका छन् ।

उक्त सम्मेलनले २ सदस्यीय सल्लाकार समिति चयन गरेको छ । सर्लाही जिल्ला इन्चार्ज कमल सुस्लीङ, सोमबहादुर बम्जन छन् । कार्यक्रमको पमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेल, विशेष अतिथि नेकपाका वैकल्पिक केन्द्रीय सदस्य तथा सम्पर्क मञ्च साधारण शाखा इन्चार्ज मकर गुरुङ, सम्पर्क मञ्च साधारण शाखा सेक्रेटरी तथा मञ्चका केन्द्रीय अध्यक्ष रत्न मगर, मञ्चका वरिष्ठ उपाध्यक्ष सुरेश अधिकारीलगायत नवनिर्वाचित समितिलाई बधाई दिंदै निर्देशनात्मक भनाइहरु व्यक्त गरेका थिए ।

कार्यक्रम सञ्चालन मञ्चका केन्द्रीय तथा सगरमाथा ब्युरो इन्चार्ज हरि श्रेष्ठले गरेका थिए भने सभाध्यक्ष पदम मगरले गरेका थिए ।

 

२०७४ भदौ ११ गते १ : २८ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :