श्रमिक समुदाय मोर्चा नेपाल, पाल्पाको बिस्तारित बैठक सम्पन्न

श्रमिक समुदाय मोर्चा नेपाल, पाल्पाको बिस्तारित बैठक सम्पन्न

पाल्पा : श्रमिक समुदाय मोर्चा नेपाल, पाल्पा जिल्लाको बिस्तारित बैठक शनिबार तानसेनमा सम्पन्न भएको छ । बैठकले जिल्ला कमिटीमा ६ जना सदस्यहरू थप गरेको छ । पाल्पाको सबै इलाकामा इन्चार्ज समेत बैठकले किटान गरेको छ । बैठकले माघ महिनाभित्र सबै इलाका भेला एवम् बैठक सम्पन्न गरिसक्ने निर्णय गरेको छ । त्यसैगरि जिल्लामा विभेदविरुद्ध सशक्त सङ्घर्षका कार्यक्रमहरू समेत बैठकले तय गरेको छ । रम्भा र माथागढी गाउँपालिकामा ३ वटा विपन्न श्रमिक समुदाय परिवारको घर निर्माणका निम्ति मोर्चाले विशेष पहल गर्नेसमेत बैठकले निर्णय गरेको छ ।

बैठकका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी पाल्पा जिल्लाका सचिवालय सदस्य मिनबहादुर आलेले जातीय एवम् वर्गीय मुक्तिका निम्ति नेकपाद्वारा सञ्चालित एकीकृत जनक्रान्तिलाई श्रमिक समुदायले साथ दिनुपर्ने कुरामा जोड दिए । मोर्चाका केन्द्रीय सचिवालय सदस्य तथा पार्टीका पाल्पा जिल्ला सचिवालय सदस्य निशान बिकले संसदीय व्यवस्था खारेज गरेर वैज्ञानिक समाजवाद स्थापना गर्न सकिए मात्रै सबैको मुक्ति हुने त्यसका निम्ति उत्पीडित र श्रमिक समुदायले निरन्तर सङ्घर्ष गर्नुपर्ने कुरामा जोड दिए । त्यसैगरि विभेदविरुद्ध आ–आफ्नो क्षेत्रबाट एकताबद्ध भएर क्रान्तिमा अग्रसर हुनका निम्ति मोर्चाका जिल्ला इन्चार्ज सरिता बराहले सबै सदस्यहरूलाई निर्देशन दिए । बैठक मोर्चाका पाल्पा जिल्ला अध्यक्ष लालबहादुर ठडराईको अध्यक्षतामा बैठक सम्पन्न भयो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :