देउवा–मोदी सम्झौताको विरुद्धमा विरोध प्रदर्शन हुने

 काठमाडौं : भारत भ्रमणको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राष्ट्रियतालाई निकै कमजोर बनाउने खालका सहमति र सम्झौता गरेको विषयलाई लिएर नेकपाले विरोध प्रदर्शन गर्ने भएको छ । देउवाले भारतमागई आत्मसमर्पणवादी नीति प्रस्तुतगर्दै नेपाली राष्ट्रियता र सार्वभौमीकतालाई निकै कमजोर बनाएको भन्दै नेपालमा व्यापक आलोचना भइरहेको बेला आज अर्थात आइतबार नेकपा निकट विभिन्न जनवर्गीय संगठनको आयोजनामा काठमाडौंमा विरोध प्रर्दशनको कार्यक्रम हुन लागेको हो । नेपालको संविधान संशोधनको विषयमा पुन संसदमा प्रस्ताव लैजाने भनी भारतमा गएर प्रतिवद्धता जनाउनु त्यहाँको एउटा प्रान्तको मुख्यमन्त्री सरह प्रधानमन्त्रीले व्यवहार गर्दा सिंगो देशलाई लज्जाबोध गराएको नेकपाको भनाई रहेको छ । यस्तै अरुण तस्रोको सिलन्यासमा मोदीलाई निमन्त्रणा गर्नु र अन्य राष्ट्रघाती सम्झौतालाई तीव्रतापूर्वक कार्यन्वयन गर्ने प्रतिवद्धता भारतसामु जाहेर गर्नुले नेपाली राष्ट्रियतालाई निकै कमजोर पारेको भन्दै नेकपाले आपत्ती समेत जनाएको छ । यसैविच नेकपामशालले पनि एक विज्ञप्ती जारी गर्दै देउवा–मोदी सम्झौता दब्बु र आत्मसमर्पणवादी नीतिको प्रदर्शन भन्दै विरोध जनाएको छ । 

२०७४ भदौ ११ गते ९ : ३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :