देउवाको अभिव्यक्तिप्रति मसालको गम्भीर आपत्ति

काठमाडौं : नेकपा (मसाल) का महामन्त्री, मोहनविक्रम सिंहले भारतको नयाँ दिल्लीमा संयुक्त विज्ञप्ति जारी गर्ने क्रममा प्रम शेरबहादुर देउवाले दिएको अभिव्यक्तिलाई लिएर गम्भीर आपत्ति जनाउनु भएको छ । महामन्त्री सिंहले शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै यस्तो आपत्ति जनाउनु भएको हो । विज्ञप्तिमा भारतीय बिस्तारवादप्रतिको दब्बू र आत्मसमर्पणवादी नीति देउवाले प्रदर्शन गरेको उल्लेख छ । विज्ञप्तिको पूर्णपाठ–
भारतको नयाँ दिल्लीमा संयुक्त वक्तव्य दिने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको अभिव्यक्तिलाई ने.क.पा (मसाल)ले गम्भीर रुपले आपत्तिजनक ठान्दछ र त्यसको कडा शब्दमा विरोध गर्दछ । संयुक्त वक्तव्य दिने क्रममा देउवाले भनेका थिए कि अहिले संविधान संशोधन विधेयक पारित गर्ने उनको प्रयत्न असफल भएको भएपनि भविस्यमा त्यसलाई पारित गराउन उनले पूरा प्रयत्न गर्नेछन । उनको त्यो अभिव्यक्तिबाट दुईवटा कुराहरु प्रष्ट हुन्छ । प्रथम देउवा सरकारले संविधान संशोधन विधेयकलाई पारित गराउन जुन प्रयत्न गरेको थियो । त्यो नेपालको आवश्यकता नभएर भारतको आवश्यकता वा विस्तारवादी स्वार्थअनुसार नै पारित गर्न प्रयत्न गरिरहेको थियो ।
द्वितीय संविधान निर्माणको आन्तरिक बिषयलाई त्यसरी प्रस्तुत गरेको उनले भारतीय विस्तारवादकाप्रतिको दब्बू र आत्मसमर्पणवादी नितिको प्रदर्शन गरेका छन् ।
मोदी र अन्य भारतीय नेताहरुका अभिव्यक्तिहरुबाट यो कुरा प्रष्ट भएको छ कि उनीहरु नेपालको संविधानलाई स्वीकार गर्न तयार छैनन् । अझै पनि आफ्नो स्वार्थ अनुरुप त्यसमा संशोधन गर्नको लागि उनीहरु दबाव दिइरहने छन् र बर्तमान देउवा सरकारले त्यस अनुसार नै भारतीय आवश्यकता अनुसार संविधान संशोधनका भारतीय ग्राण्डडिजाइन अनुसार बनेको सरकार हो भन्ने कुरा पनि स्पष्ट भएको छ ।
यो उल्लेखनीय छ कि अहिले त्यो संयुक्त विज्ञप्तिमा चिन र भारतको बिचको डोक्लाम विवादबारे केहि उल्लेख गरिएको छैन । नेपाल सरकारले पहिले नै उक्त विवादमा तटस्थ रहने
घोषणा गरेकाले र उक्त विवादमा भारतको दबावमा आएर आफ्नो नितिमा परिवर्तन नगर्नका लागि नेपालभित्र धेरै दबाव परेकोले अहिले शेरबहादुरका लागि त्यो नितिमा परिवर्तन गर्नु सम्भव भएन । जुनसुकै कारणले भएपनि उक्त बिषयमा पहिलेको तटस्थ नितिलाई परिवर्तन नगरिएकोमा हाम्रो पार्टीले सकारात्मक रुपमा लिन्छ । देउवाको यात्राको क्रममा पञ्चेश्वर र अरुण तेस्रोलाई अगाडि बढाउने जुन निर्णय गरिएको । त्यसलाई पनि हाम्रो पार्टीले गलत मान्दछ र विरोध गर्दछ ।

२०७४ भदौ ११ गते ७:२१मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :