सिन्धुली, रामेछापले छुट्टाछुट्टै नेतृत्व चयन गर्दै प्रथम सम्मेलन सम्पन्न

 काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी निकट सिन्धुली–काठमाडौं र रामेछाप–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चले काठमाडौंस्थित त्रि–चन्द्र क्यामपसमा प्रथम जिल्ला सम्मेलन सम्पन्न गरेका छन् । जिल्ला सम्मेलनले सिन्धुली, छेवाङ लामाको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिका अन्य सदस्यहरुमा उपाध्यक्षमा सिताराम दाहाल, नारायण थापा, चन्द्रकेशर दाहाल, सचिवमा  अमृत लामा, सहसचिवमा विकास राना, कोषाध्यक्षमा प्रेम मगर, सदस्यहरुमा वित्रिसा राना, राजन गुरुङ,  युवराज घिसिङ, प्रताव मोक्तान,  सविना श्रेष्ठ, श्याम अधिकारी, विष्णु  मगर,  प्रेम मगर,  वसन्त मगर,  नानिमाया लामा,  रमेश दाहाल, गणेश खुलाल , सुर्य मगर, मुन घिसिङ रहेका छन् । रिक्त ३ पद रहेका छन् । 

ramchhap

त्यस्तै सम्मेलनले रामेछाप, शुशिल वलम्पाकीको नेतृत्वमा ४ सदस्यीय रिक्तसहित २५ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिका सदस्यहरुमा उपाध्यक्षमा अनिता कार्की, मोहन बुढाथोकी, सचिवमा रुपक श्रेष्ठ, सहसचिवमा  गणेश सुनुवार, कोषाध्याक्षमा पूर्ण माझी, सदस्यहरुमा जीवन बढुवाल, होमबहादुर रखाल, बेग श्रेष्ठ,  मिलन श्रेष्ठ, घनबहादुर माझी, कमल माझी, निर्मला माझी, विशाल माझी, रोषन कार्की, राजन पुलामी, सागर रखाल, सिताराम ल्हाय, शिव चौधरी, सन्जय चौधरी, पूर्ण बहादुर लामा रहेका छन् । उक्त सम्मेलनले ५ सदस्यीय सल्लाकार समिति चयन गरेको छ । यमबहादुर  आले, झनक श्रेष्ठ, शंकर श्रेष्ठ, मानबहादुर सारु, अमृत परियार छन् । कार्यक्रमको पमुख अतिथि नेकपाका वैकल्पिक केन्द्रीय सदस्य मकर गुरुङ, विशेष अतिथि नेकपाका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेल, सम्पर्क मञ्च साधारण शाखा सेक्रेटरी रत्न मगर, मञ्चका वरिष्ठ उपाध्यक्ष सुरेश अधिकारीलगायत नवनिर्वाचित समितिलाई बधाई दिंदै निर्देशनात्मक भनाइहरु व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय कोषाध्यक्ष अर्जुन कटुवालले गरेका थिए  भने सभाध्यक्ष शुशिल वलाम्पाकीले गरेका थिए ।    

२०७४ भदौ १० गते ७ : १० मा प्रकाशित 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :