अनेमसङ्घ क्रान्तिकारी उपत्यका र पूर्वी ताम्सालिङको प्रशिक्षण जारी

अनेमसङ्घ क्रान्तिकारी उपत्यका र पूर्वी ताम्सालिङको प्रशिक्षण जारी

काभ्रे : अखिल नेपाल महिला संघ क्रान्तिकारी उपत्यका र पूर्वी ताम्सालिङका जिल्लाहरूको संयुक्त प्रशिक्षण चलिरहेको छ । काभ्रेको मन्दनदेवपुर नगरपालिकाको नयाँ गाउँमा प्रशिक्षण चलिरहेको हो । दुईदिनसम्म चल्ने प्रशिक्षणमा उपत्यका र पूर्वी ताम्सालिङका अन्तर्गत जिल्लाका महिला नेतृहरूको प्रतिनिधिमूलक सहभागिता रहेको संगठनका सचिव उषा मगरले बताइन् ।

प्रशिक्षण बिहीबारदेखि सुरु भएको हो । प्रशिक्षणको उद्घाटन नेकपा केन्द्रीय सदस्य एवम् संगठनकी केन्द्रीय अध्यक्ष बन्धु चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष चन्दले वैज्ञानिक समाजवादमा मात्रै महिलाहरूको मुक्ति सम्भव भएको भन्दै त्यसका लागि जनमतसङ्ग्रहको पक्षमा महिलाहरूलाई एकीकृत गर्नुपर्ने दायित्व रहेको बताइन् । उनले पार्टीको राजनीतिक कार्यदिशा, कार्यनीति र महिलाहरूको भूमिकाबारेमा प्रष्ट हुनुपर्ने बताइन् ।

नेकपा केन्द्रीय सदस्य एवम् काभ्रे इन्चार्ज आधारको समेत उपस्थिति रहेको प्रशिक्षणमा अध्यक्ष चन्दले महिला आन्दोलनको इतिहास, उपाध्यक्ष धीरेन्द्र उपाध्यायले वैज्ञानिक समाजवादमा महिलाहरूको भूमिका, महासचिव राजकुमारी शाहीले संगठनात्मक सिद्धान्त, सचिव उषा मगरले महिला र संस्कृति बिषयमा प्रशिक्षण दिइरहेका छन् ।

उद्घाटन कार्यक्रम सहिद परिवार निर्मला खत्रीको अध्यक्षता र संगठनकी केन्द्रीय सदस्य पवित्राको सञ्चालनमा सम्पन्न भएको थियो । दुईदिनसम्म सञ्चालन हुने प्रशिक्षणको शुक्रबार समापन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :