नेकपा र वैज्ञानिक समाजवादी पार्टीद्वारा कलैयामा विचार गोष्ठी सम्पन्न

नेकपा र वैज्ञानिक समाजवादी पार्टीद्वारा कलैयामा विचार गोष्ठी सम्पन्न

कलैया : नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले विचार गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । मङ्गलबार बाराको कलैयामा एमसीसी सम्झौता कति घातक छ ? भन्ने विषयमा गोष्ठी सम्पन्न भएको हो ।

नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले आयोजना गरेकोे उक्त कार्यक्रममा नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले एमसीसी सम्झौता कुनै पनि हालतमा पारित हुनदिनु हुँदैन । यसले नेपालको सार्वभौमिकता अमेरिकाको हातमा रहेको छ । बौद्धिक सम्पत्ति अमेरिकाको हुने छ । प्राकृतिक साधनस्रोत माथि दोहन गर्छ । त्यसैले सबै जनताले आन्दोलन गर्नुपर्ने बताए । 

उक्त कार्यक्रममा गुणराज लोहनीले कार्यपत्र पेश गरेका थिए । नन्दन अर्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बैझनाथ ठाकुर, निरज साह र आतिस मिश्रले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :