देशभरी चक्काजाम कार्यक्रम सम्पन्न, ४ दर्जन बढी नेता–कार्यकर्ता पक्राउ

biplab
काठमाण्डौ, कात्तिक २५ नेकपा (माओवादी) ले खाद्य सम्प्रभुताको बिषयलाइ लिएर देशब्यापी रुपमा बिभिन्न चरणमा आन्दोलन गर्दै आएको छ ।

त्यसै क्रममा आज विहान ९ बजे देखी १० बजेसम्म देशब्यापी रुपमा चक्काजाम गर्ने पार्टी केन्दीय समितिको निर्णय अनुसार चक्काजाम गर्ने क्रममा मोरङ जिल्ला सेक्रेटरी पुस्कर श्रेष्ठ , ब्यूरो सदस्य जितेन्द्र महरा ,धर्मेन्द्र दास कर्ण, बालाराम कामद, डिल्ली नेपाली ,कुमार खतिवडा ,दिपक राई, नवराज नेपाल ,गणेश निरौला, बिष्णु चौधरी, कमल नेपाल, वाशुदेश चौधरी, मनिस शाह, दुखी पासवान गरी १्५ जना नेता तथा कार्यकर्ताहरु पक्राउ परेका छन् ।

त्यस्तै उदयपुरमा जिल्ला सेक्रेटरी केदार राई सहित १० जना पक्राउ परेका छन् भने त्यस्तै झापाबाट प्राप्त समाचार अनुसार विद्यार्थी नेता सुमन सिंह पौडेल , नविन अधिकारी, पुष्प अधिकारी, र लिला बजगाँई सहितका नेता–कार्यकर्ताहरुलाई प्रहरले गिरफ्तार गरेको (माओवदी) का पोलिट व्यूरो सदस्य अनिल शर्माले बताएका छन् छ ।

पछिलो प्राप्त समाचार अनुसार विराटनगरबाट रिता पासवान, केवी चौलागाई, ताराविर सहित ५जना नेता–कार्यकर्ता पक्राउ परेका छन् । त्यस्तै पुष्पलपूर धनुषाबाट लालु यादव र महेन्द्र मण्डल पक्राउ परेका छन् ।

त्यसैगरी धनकुटामा सानदार रुपमा चक्काजाम सफल भएका सो जिल्ला सेक्रेटरी आकाश शर्माले बताएका छन् । त्यस्तै काठमाडौं तीनकुनेबाट युवा उपाध्यक्ष रवी गोले, काठमाडौं जिल्ला सदस्य नविन विष्ट र कृष्ण कुमार रहेका छन् भने भक्तपुर जिल्लाबाट बुद्धी पुन लगायतलाई प्रहरीले पक्राउ गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :