रुपन्देही र चितवनमा ब्यापक धरपकड २ दर्जन बढी नेकपा (माओवादी)का नेता–कार्यकर्ता पक्राउ

15056502_1772159199717483_3494245122521752185_n
कात्तिक २५, रुपन्देही : नेकपा (माओवादी)ले जनजीविका खाद्यसम्प्रभुताको अधिकारको ग्यारेन्टी र उपभोग्य समाग्रीको मुल्य निर्धारणको माग राख्दै आन्दोलनमा उत्रिएको नेकपा माओवादीे नेताकार्यकर्ताहरु माथि प्रचण्ड सरकार ब्यापक दमनमा उत्रिएको छ ।

15032274_1772159196384150_4454841427212718720_n

चक्काजाम कार्यक्रम अन्तर्गत रुपन्देही बुटवल बाट पार्टी का जिल्ला सेक्रेटरी सरद ओली, विश्वाश भट्टराई, शिशिर विसी, सम्भु राई, कृष्ण क्षेत्री, कल्पना सुवेदी, एनवी शाही, खगेन्द्र पौडेल, राम प्रसाद काफ्ले, मुक्ति अर्याल, अजमत मिया, अहमद अली, माधव न्यौपाने, रवी पौडेल, तुल्सी प्रशाद भण्डारी, कला प्रसाद भण्डारी, रेखा खनाल, कमल विक, भानु अर्याल,युवराज न्यौपाने, पुष्पा राजकोटी मगर सहित २ दर्जन नेता–कार्यकर्ता पक्राउ परेका छन् ।14955982_1772159193050817_1636034463398197367_n

त्यस्तै चितवन खैरहनी नगरपालिका पर्शा बजारबाट राष्ट्रिय युवा जनस्वयम् सेवकका केन्द्रीय सदस्य विरोचन शर्मा, लगायत अरु नेता–कार्यकर्ता पक्राउ परेका छन् नेपाली जनप्रगतिशील मोर्चा मलेशिया पार्टीका प्रतिनीधि टिकाराम ओलीले बताएका छन् । गिरफ्तार नेता–कार्यकर्तालाई सो जिल्ला समितिले विना सर्त रिहा गर्न माग गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :