मिथक प्रजातन्त्रको मिथक निर्वाचन ४५पटक निर्वाचन हुदा पनि ह्वाइट हाउसमा अटाइनन् महिला

hero_wide_640

काठमाडौं ः कार्तिक २४, मंगलबार भएको अमेरिकी राष्ट्रपति निर्वाचनको सबैराज्यको मत परिणाम करिब करिब  आइसकेको छ । मत परिणाम आइसक्दा ट्रम्पले २७६ सिटमा बिजय प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्दी हिलारीले भने मात्र २१८ सिटमा जितेकि छिन् । अब केही ठाउँको मत परिणाम मात्र आउन बाँकी रहेको छ ।  मिथक अमेरिकी प्रजातन्त्रको १७१ बर्षको इतिहासमा अहिले सम्म महिला राष्ट्रपति पाएको छैन अमेरिकाले तर अन्तराट्रिय जगतलाइ प्रजातनत्रको पाठ सिकाउने अमेरिकाको ४५ पटकको निर्वाचनमा पनि महिला राष्ट्रपतिको रुपमा अटाइनन् ।

ट्रम्प राष्ट्र प्रमुखको रुपमा सपथ लिइसके लगत्तै आप्रबासी मुस्लीमहरुलाई लखेट्ने छन् अमेरिकाबाट । त्यसपछि क्रमश अन्य देशका आप्रवासीहरुलाई। छिमेकी देश म्याक्सीकोको नागरिकहरुलाई घर पठाउनेछन् । संगै म्याक्सीको माथि कडा आर्थिक नाकाबन्दी पनि लगाउने छन् ।

सधैं अमेरिकाको अघोषित उपनिवेश रहेको क्यानडाको सम्पुर्ण जलस्रोतलाई थप अमेरिकाको कब्जामा ल्याउनेछन् र आफ्नै देशमा रहेका आदिवासी रेड इण्डियनहरुलाई झन दमन गर्ने छन्, जसरी हिटलरले यहुदीहरुलाई जिउदै भट्टीमा पोलेका थिए । अब अमेरिकामा गोराहरुको राज चल्नेछ भने काला जातिहरु फेरि २१ औं शताब्दिका दासहरु बन्ने निश्चित छ ।

सुरुमा ट्रम्पले विश्व भू–राजनीतिमा फेरबदलको नाटक रच्नेछन् र उनको पहिलो कदम हुनेछ इराकबाट अमेरिकी सेना फिर्ता् र उतिकै परिणामको सेना सिरीयामा थपेर परेड खेलाउने छन् । जसरी वाराक ओवामाले खेलाएका थिए । त्यसतै अब अमेरिका देशको रुपमा बाँकी रहने छैन किनकी देशको सम्पुर्ण अर्थतन्त्रलाई ट्रम्पले बहुराष्ट्रिय निगमको जिम्मा लगाउने छन् ।

उनी आफै राजनीतिज्ञ नभएर बहुराष्ट्रिय निगमका मालिक मात्र हुन् । हुनत यो भन्दा पहिलेका राष्ट्रपतिहरु पनि बहुराष्ट्रिय निगमका दलाल मात्र थिए । यो पटकलाई भने बहुराष्ट्रिय निगमका दलाल नभएर मालिकको अमेरिकी राजनीतिमा आगमन भएको छ ।

नेपालको कथित दोस्रो संविधान सभाको निर्वाचनमा ठेकेदार विक्रम पाण्डेको जीत र खर्बपति डोनाल्ड ट्रम्पको जीत एउटै प्रकृतिको हो । संसदवाद भनेकै खर्बपति व्यापारीहरुको हो । चाहे ति भारतीय नरेन्द्र मोदी हुन् या नेपालकी राज्य लक्ष्मी गोल्छा फरक यति हो मोदी मुकेश अम्बानी का उत्पादन हुन भने गोल्छा नेकपा एमालेकी टिके प्रथा बाट प्रस्तावित सांसद

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :