फुट्दै माओवादी केन्द्र

lekhraj-bhatta

काठमाण्डौ : कार्तिक २४, आन्तरिक द्वन्द र बहुपपक्षीय किचलोका कारण माओवादी केन्द्रको राष्ट्रिय भेला तेस्रोपटक पनि सरेको छ । कात्तिक १० गते र ११ गते गर्ने भेला मंसिर २ र ३ गतेका लागि सारिएको छ । स्थायी समिति सदस्य लेखराज भट्ट र भिम बहादुर कठायतको नेतृत्वमा ठूलो शक्ति फुटेर एमालेमा प्रवेश गर्ने आन्तरिक तयारी माओवादी केन्द्र निकट स्रोतको दाबी छ ।

७ न. प्रदेश प्रस्ताव एमालेको नेतृत्वमा आएको कारण त्यस क्षेत्रमा एमालेले राजनीति श्रेष्ठता काम गरेको छ । राजनीतिक विजय एमालेको भएको कारण त्यस क्षेत्रबाट प्रचण्ड समुह बढारिने स्रोतको दाबी छ । चितवनको एक कार्यक्रममा प्रचण्डले केन्द्रीय समिति ५ हजार सम्म पुग्नसक्ने भएका कारण नआत्तिन कार्यकर्तालाई निर्देशन दिएका थिए ।

केन्द्रीय समिति विस्तार र एकदुई लोभीपापीलाई उचाले र पार्टीएकताको हल्ला गरिरहनु पर्ने बाध्यतामा प्रचण्ड रहेका छन् । उता माओवादी केन्द्रका नेताहरु भने राजनीतिक इतिहासमै सबैभन्दा फुर्सदिला दिन उपभोग गरिरहेको बताउने गर्छन् । भातीय राष्ट्रपति प्रणव मुखर्जी काठमाण्डौ आउने दिन सार्बजनिक विदा दिने सरकारी निर्णयलाई लिएर पार्टी वाहिर चर्को विरोध भएको छ । भने पार्टी भित्रै प्रचण्डलाई भारतीय पक्षको चाकरीको आरोप लागेको छ ।

नारायणकाजी समुहले त्यसलाई भारतीय दलालीको रुपमा व्याख्या गर्दै आएको छ । स्मरणीय छ । केही महिना अघि माओवादी केन्द्र काभ्रेले एमालेसंग विना सर्त पार्टी एकता गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :