४५ प्रतिशत छुटको माग राख्दै अखिल (क्रान्तिकारी) डडेल्धुराद्वारा ज्ञापनपत्र पेश

४५ प्रतिशत छुटको माग राख्दै अखिल (क्रान्तिकारी) डडेल्धुराद्वारा ज्ञापनपत्र पेश

डडेल्धुराः नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) डडेल्धुराले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल सरकारले सार्वजनिक यातायातमा विद्यार्थीलाई दिएको ४५ प्रतिशत छुट यातायात व्यवसायीले कार्यन्वयन नगरेको भन्दै ध्यानाकर्षणको लागि आइतबार दिउँसो जिल्ला प्रशासनलाई ज्ञापन पत्र बुझाएको हो ।

२०६५ सालदेखि नेपाल सरकारले सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिने निर्णय गरेको थियो तर अहिलेसम्म यातायात व्यवसायीले विभिन्न बाहानाबाजिमा सरकारको उक्त निर्णय विगतदेखि कार्यन्वयनमा नगरेकाले ध्यानाकर्षणको लागि ज्ञापनपत्र बुझाइएको अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य शंकर खातीले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :