नेकपा दोलखाद्वारा १२९ औँ माओ जयन्ती र शैलुङ गाउँपालिका वडा भेला सम्पन्न

नेकपा दोलखाद्वारा १२९ औँ माओ जयन्ती र शैलुङ गाउँपालिका वडा भेला सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति दोलखाले १२९ औ माओ जयन्ती र शैलुङ गाउँपालिका वडा ८ को भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

सो कार्यक्रममा प्रमुख अतिथि पार्टीका जिल्ला सेक्रेटरी आकाश शर्मा र अतिथिहरु जिल्ला कमिटी सदस्य सोम, गंगा गणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय सदस्य राजु कार्की, जिल्ला विद्यार्थी नेतृ पुजाना शैलुङ, ७ का वडा सेक्रेटरी सागर लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा माओवादी केन्द्रका पूर्व नेवा राज्य कमिटी सदस्य सुरज थोकरको नेतृत्वमा ७ जना विद्रोह गरि नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरुलाई जिल्ला सेक्रेटरी आकाशले स्वागत गरेका थिए । सो कार्यक्रममा गणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय सदस्य राजु कार्कीले शुभकामना मन्तव्य दिएका थिए । सो कार्यक्रमका अर्का अतिथि सोमले विश्व सर्वहारा वर्गको नायक माओले पुर्याउनुभएको देनको विषयमा चर्चा गरे भने प्रमुख अतिथि जिल्ला सेक्रेटरी आकाशले १२९ औ माओ दिवशको शुभकामना साथै चीनमा माओले गरेका थिए । जनवादी क्रान्ति, सांस्कृतिक क्रान्तिका विषयमा गहन भनाइ राखेका थिए ।उनले देशमा भएको भ्रष्टाचार बेथिति बेरुजुका विषयमा आफ्ना भनाई राखेका थिए । दलाललाई अब नेपाली जनताले नछाड्ने बताउदै यसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गर्ने दाबी गरे ।

साथै उक्त कार्यक्रममा सुरज थोकरको सेक्रेटरीमा १५ सदस्यीय वडा कमिटी गठन गरिएको छ । जसको सदस्यहरु रविन, अम्बर, बालासिङ, लालसिङ, पुजना, लालबहादुर, श्रिकृष्ण, रञ्जित, दिपेन्द्र, अस्मिता र नेपाल श्रमिक संगठनका शैलुङ गाउँपालिका संयोजक लालबहादुर विकलाई चयन गरिएको छ । सो कार्यक्रममा जनताको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमका अध्यक्षता गंगा थपलियाले गरेका थिए । स्वागत मन्तव्य पुजना बस्नेत र नवगठित कमिटीलाई मान बहादुर तामाङले शुभकामना दिएका थिए भने कार्यक्रमको सञ्चालन सागरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :