नेकपा भरतपुर महानगरपालिका चितवनको बैठक सम्पन्न

नेकपा भरतपुर महानगरपालिका चितवनको बैठक सम्पन्न

चितवन : नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्ला अन्तरगत भरतपुर महानगरपालिकाको बैठक सम्पन्न भएको छ । बैठक महानगरपालिका सेक्रेटरी राजकुमार तिमिल्सेनाको अध्यक्षमा शनिबार सप्तगण्डकी कलेजमा सम्पन्न भएको हो ।

चितवन जिल्ला विशेष समितिका सेक्रेटरी महेशको प्रमुख आतिथ्य, जिल्ला सेक्रेटरी मिनप्रसाद, महानगरपालिका इन्चार्ज विजयको आतिथ्यमा सम्पन्न बैठकले ७१ सदस्यीय भरतपुर महानगरपालिका समिति गठन गरेको छ । उक्त बैठकले वडा इन्चार्ज र जवस मोर्चाहरूको जिम्मेवारीको कार्यविभाजन गरेको प्राप्त समाचारमा जनाइएको छ ।

बैठकले एकीकृत सङ्गठन सुदृढ तथा विस्तार अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । साथै राष्ट्रघाती एमसीसी, भ्रष्टाचार, अनियमितता र विसङ्गतिविरुद्ध सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :