नेपाल भारतसँग भिड्ने

काठमाडौं : नेपाल साफ यू–१५ फुटबल प्रतियोगिताको शुक्रबार भएको सेमिफाइनलमा नेपालले काठमाडौंस्थित नेपाल एन्फा कम्प्लेक्स सातदोबाटोमा बंगलादेशलाई ४–२ गोल अन्तरले हराउँदै आफ्नो विजयसँगै अबको उपाधिका लागि भारतसँग भिड्ने भएकोे छ । ५ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका आकास बुढामगरले ३० मिनेटमा दोस्रो गोल गर्न सफल भएभने ६४ औं मिनेटमा बंगलादेशले आत्मघाती गोल गरेका थिए । तर, ७२ र ७३ औं मिनेटमा लगातार गोल गर्दै नेपालले खेलमा जित्न लागेको लक्षण देखा परेको थियो । तर, नेपालले अर्को गोल गर्दै ४–२ को जित हाँसिल गर्न सफल भएको हो । अबको खेलमा बाजी कसले मार्ने हो, हेर्न बाँकी छ ।

२०७४ भदौ ९ गते ६ : १६ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :