क्रान्तिको बाटो छाड्दैनौँ : असारे काका

विनोद सुवेदी / मन्थली : खासगरी सहरी क्षेत्रमा तीजको रमझम सुरु भएको छ । रातो पहिरनमा महिलाहरू बजार र सडकमा देखिएका छन् । भोजभतेर र नाचगान सुरु भएको छ तर देशको अर्को भाग तराईमा भने तीज जति नजिक आउँदैछ, त्यति नै हृदय क्षतविक्षत हुँदै गइरहेको छ । बाढी, डुबान र कटानले सयौंको ज्यान गएको, कैयौं बेपत्ता भएका छन् र घरबास उजाड भएको छ । रौतहट, मानपुरकी शर्मिला चौलागाईं भन्छिन्, “एउटा मात्र भाइलाई बाढीले बगायो । महिलाहरू नाचेको देख्दा पनि कसैले घाँटी थिचेझैँ औडाहा हुन्छ । सधैँका लागि माइती गयो ।” यस्तो पीडा अवसरमा नेकपा रामेछापले मन्थलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि काकाले क्रान्तिको बाटो नछोडीकन अघि बढेकाले देश र जनताको मुक्ति नजिकिएको पनि बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामी क्रान्तिको बाटो छाड्दैनौँ । यही बाटोले जनता र देशलाई मुक्ति दिलाउँछ ।’ काकाले दोरम्बा हत्याकाण्डमा बलिदान गर्ने २१ जनासहित जनयुद्ध र विभिन्न जनआन्दोलनहरूमा सहादत प्राप्त गर्ने वीरवीराङ्गनाहरूको त्याग, शौर्य र रगतले आफूलाई आजीवन क्रान्तिकारी बनिरहन प्रेरणा र ऊर्जा दिइरहेको बताउनुभयो । उहाँले दोरम्बामा बलिदान गर्ने र जनयुद्धका विभिन्न मोर्चाहरूमा सहादत प्राप्त गर्नेहरूका परिवारलाई दोसल्ला ओढाएर अभिनन्दन पनि गर्नुभयो । सहिद परिवारसँग क्रान्तिप्रति प्रतिबद्धता व्यक्त गर्दै काकाले आफूहरूले प्रचण्ड–बाबुरामहरूले झैँ गद्दारी गरे गोली हान्न पनि चुनौती दिनुभयो ।
चुनौतीपूर्ण दिनहरू आरम्भ भएको भन्दै प्रमुख अतिथि काकाले क्रान्तिकारीहरूले फेरि जनतासँगै क्रान्तिमा हेलिनुपर्ने दिन आएको बताउनुभयो । जनतालाई अपिल गर्दै काकाले भन्नुभयो, ‘हामी फेरि तपाईंहरूको घरमा आएका छौँ । दुस्मनसँग लडेर राज्यसत्ता कब्जा गर्ने भीषण दिनहरूमा हामीलाई हिजोझैँ गाँस र बास दिनुस् । हामी देश र जनता मुक्त नभएसम्म क्रान्ति छोड्दैनौँ ।’ कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा पार्टी पूर्वी ताम्सालिङ ब्युरोका इन्चार्ज बाबुराम गजमेरले आज ‘जय नेपाल’ भन्दै कांग्रेसको पुच्छुरमुनि मुन्टो लुकाउने प्रचण्डहरूलाई जनयुद्धका नेता भन्नुपरेकोमा अप्ठ्यारो महसुस भएको बताउनुभयो ।

 

२०७४ भदौ ८ गते ९ : २४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :