बर्दियामा जनएकता अभियानको उद्घाटन, सहिद परिवार लगायत स्थानीयसँग भेटघाट

बर्दियामा जनएकता अभियानको उद्घाटन, सहिद परिवार लगायत स्थानीयसँग भेटघाट

बर्दियाः विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बर्दियाले जनतासँगको सम्बन्ध प्रगाढ बनाउन र वैज्ञानिक समाजवादकाबारे जनतालाई बुझाउन जनएकता अभियान सुरु गरेको छ । मंगलबार जिल्लाको बढैयाताल गाउँपालिकाको भवानीपुरमा एक कार्यक्रमको आयोजना गरि अभियानको उद्घाटन गरेको हो ।

“वैज्ञानिक समाजवादको लागि जनमत, जनमतसंग्रहका लागि जनएकता अभियान” भन्ने मूल नाराका साथ अभियानको उद्घाटन गर्दै जनता, शिक्षक, सहिद परिवारलाई भेटघाट अभियान सुरु गरिएको छ ।

अभियानको विशेष समिति सदस्य तथा अभियान टिम प्रमुख शितलको प्रमुख आतिथ्यता र बढैयाताल गाउँपालिका इन्चार्ज राजेन्द्र, किसान संगठनका जिल्ला संयोजक कैलाशको उपस्थितिमा स्थानीय जनतामाझ उद्घाटन गरिएको जनाइएको छ ।

अभियान उद्घाटन लगत्तै नेपाल कम्युनिष्ट पार्टीले भवानीपुर बस्तीमा रहेका मुस्लिम र मधेसी समुदाय बिच भएको जग्गा विवादको मुद्धा दुवै पक्षको सहमतिमा समाधान गरेको छ । जसले स्थानीयवासी हर्षित भएका छन् ।

यस्तै अभियान टिमले बढैयाताल गाउँपालिका वडा नं. ३ को एक विद्यालयका प्रअ र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसँग अहिलेको शैक्षिक अवस्थबारे छलफल तथा अन्तरक्रिया गरेको छ ।

जनएकता अभियानकै क्रममा मंगलवार बढैयाताल गाउँपालिका वडा नं.३ सिमरामा दश वर्षिय जनयुद्धका क्रममा सहिद हुनु भएका सहिद पुष्पराज अधिकारीको घरपरिवारसँग अभियान टिमले भेटघाट गरेको छ ।
भेटघाटका क्रममा अभियान टिमका प्रमुख शितलले सहिदको सपना आफ्नो पार्टीले नर्बिसेको भन्दै पूरा गर्ने बाटोमा लागि परेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :