विद्यार्थी कुटपिट गर्ने दोषीलाई कारबाही नगरे अखिल (क्रान्तिकारी) झापाले कारबाही गर्ने चेतावनी

विद्यार्थी कुटपिट गर्ने दोषीलाई कारबाही नगरे अखिल (क्रान्तिकारी) झापाले कारबाही गर्ने चेतावनी

झापाः नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) झापाले विर्तामोड ५ स्थित सुनगाभा बोर्डिङ स्कुलमा अध्ययनरत ९ वर्षीय बालकलाई शिक्षकले निर्घात कुटपिट गरी घाइते बनाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाका दोषीलाई कारबाहीको माग गरेको छ ।

अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष खगेन्द्र सिटौलाले एक प्रेस विज्ञप्ति जारी गर्दै ९ वर्षीय बालकमाथि कक्षा कोठाभित्र निर्घात कुटपिट भएको भन्दै उक्त घटना निन्दनीय र खेदजनक रहेको जनाएका छन् ।

उनले विद्यार्थी कुट्ने शिक्षक र विद्यालयलाई तत्काल कारबाही गर्न प्रशासनसँग जोडदार माग गर्दै प्रशासनले कारबाही नगरेको खण्डमा संगठन जस्तोसुकै चुनौती मोलेर भएपनि कारबाही गर्ने चेतावनी दिएका छन् ।

केही दिनअघि उक्त विद्यालयका शिक्षकले भनेको नमानेको र होमवर्क नगरेको भन्दै ९ वर्षीय बालक अविरल तिमल्सिनामाथि निर्घात कुटपिट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :