अछामका दुई विद्यालय दुई हप्तादेखि बन्द, नेकपाद्वारा अनुगमन

अछामका दुई विद्यालय दुई हप्तादेखि बन्द, नेकपाद्वारा अनुगमन

अछामः अछामको ढकारी गाउँपालिका वडा नं. २ स्थित जाल्पादेवी प्राथमिक विद्यालय र सरस्वति आधारभुत विद्यालय १२ दिनदेखि बन्द भएका छन् । विद्यालयका शिक्षकहरु ज्ञान महायज्ञ र घरायसी कामकाजमा व्यस्त हुँदा विद्यालय बन्द भएका हुन् ।

बन्द भएको सुचना पाएपछि नेपाल कम्युनिष्ट पार्टीले ढकारी गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखासँग समन्वय गरी अनुगमन गरिएको थियो । अनुगमनका क्रममा दुई विद्यालयका १२ जना शिक्षकहरु लगातार दुई हप्तासम्म अनुपस्थित रहेको नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति सदस्य किशोर शाहीले जानकारी दिए । उनले कोरोनाका कारण संकटमा परेको शिक्षा क्षेत्र मनपरी ढङ्गबाट चलाइनु खेदपूर्ण रहेको भन्दै विद्यालय तत्काल संचालन गर्न माग समेत गरेका छन् ।

विद्यालय व्यवस्थापन समिति, शिक्षा शाखा, शिक्षक र नेकपाको बिचमा अनुपस्थित हुने शिक्षकहरुको ७८ दिन बराबरको पारिश्रमिक काटिने र त्यो रकम विद्यालयले रचनात्मक काममा प्रयोग गर्ने सहमति समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :