नेकपा रसुवाको पूर्ण बैठक सम्पन्न

नेकपा रसुवाको पूर्ण बैठक सम्पन्न

रसुवा : दुई महिने साङ्गठनिक अभियान सञ्चालन गर्नेलगायतका निर्णयसहित नेपाल कम्युनिस्ट पार्टी रसुवाको पूर्ण बैठक सम्पन्न भएको छ । बैठक जिल्ला सेक्रेटरी विराजको अध्यक्षतामा प्रमुख अतिथि केन्द्रीय सदस्य तथा नुवाकोट/रसुवा इन्चार्ज विन्दुको प्रमुख अतिथ्यतामा विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो ।

सो बैठकमा इन्चार्ज बिन्दुले पार्टीको आगामी योजना र समसमियक राष्ट्रिय राजनीतिको बिषयमा प्रष्ट पर्दै प्रशिक्षित गरेकी थिइन् । उनले वैज्ञानिक समाजवाद संसारकै सबैभन्दा उत्कृष्ट व्यवस्था हुँदाहुँदै पनि मान्छेहरू संसदीय पुँजीवादको पछि लाग्नु क्रान्तिकारीहरूको लागि अनुसन्धानको विषय भएको बताउँदै सत्य कुराको अवस्य जित हुने बताइन् । यस्तै बैठकमा जिल्ला सेक्रेटरी विराजले पेश गरेको आगामी योजनाहरू एक मतले पारीत गरिएको थियो ।

बैठकले दुई महिने साङ्गठनिक अभियान सञ्चालन गर्ने, पुष ३ गते भव्य रुपमा युवाको जिल्ला सम्मेलन गर्ने, माघ मसन्ताभित्र सबै पालिकाहरूको अधिवेशन र प्रमुख जवसहरूको जिल्ला सम्मेलन गर्ने, रातो हिमाल नामक पत्रिका प्राकशन गर्ने, दलाल, भ्रष्ट, तस्कर, कालोबजारी, कमिसन खोर र गुण्डागर्दी जलमाफिया, भूमाफिया एवम् विकृति, विसङ्गतिविरुद्ध शसक्त जनप्रतिरोध गर्ने र वैज्ञानिक समाजवाद र जनमतसङ्ग्रहको पक्षमा आम उत्पीडीत वर्ग समुदायलाई गोलबद्ध गर्दै एकीकृत जनक्रान्तिमार्फत जनताको व्यवस्था ल्याउन सङ्घर्ष गर्ने लगायतका निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :