नेकपाद्वारा महान् सहिदहरूको सम्मानमा श्रद्धाञ्जली कार्यक्रम

नेकपाद्वारा महान् सहिदहरूको सम्मानमा श्रद्धाञ्जली कार्यक्रम

स्याङ्जा : नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाले कुबिजा पराजुली ‘पुनम’, कृष्ण गौतम ‘.चिन्तन’, बिजय सुवेदी ‘बिकास’, मोहनसिंह गाहामगर ‘दलसिंङ’, खड्क कुवर ‘सुनिल’ सहित पाँच जना महान् सहिदहरूको सम्मान तथा स्मरणमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । शनिबार सहिद कुबिजा पराजुलीको आफ्नै गाउँ वालिङ न.पा. वडा न १४ सहिद स्मृति भवनमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको हो ।

महान सहिद कुबिजा पराजुली ‘पुनम’, कृष्ण गौतम ‘.चिन्तन’, बिजय सुवेदी ‘बिकास’, मोहनसिंह गाहामगर ‘दलसिंङ’, खड्क कुवर ‘सुनिल’ सहित ५ जना होनहार योद्धाहरूलाई २०६१ मङ्सिर १७ गते स्याङ्जाको सिर्सिकोटमा तात्कालिन शाहीसेनाले निर्ममतापूर्वक सामूहिक हत्या गरेको थियो ।

उक्त कार्यक्रम कुबिजा पराजुलीकी आमा पारवती पराजुलीको अध्यक्षतामा प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य सावित्रा दुरा ‘आस्था’, अतिथि स्याङ्जा जिल्लाका पूर्व सेक्रेटरी तथा कार्यालय सदस्य दुर्गा थापा ‘सागर’ रहेका थिए भने नारायण पराजुलीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :