राजपा चुनावमा

काठमाडौं/भदौ–७ः नाक जोगाउनका लागि चुनाव चिन्ह छाता मागेको राजपा त्यती माग मात्र पुरा नहुँदा पनि चुनावमा जाने निर्णयमा पुगेको छ । राजधानीमा चालु राजपाको बैठकपछि बहुमतले सो निर्णय गरेको हो । मधेस केन्द्रीत दलहरुले उठाएका माग नेपाली जनमतका विरुद्ध थिए । जसलाई दिल्लीको समर्थन थियो । त्यही विवादले भारतले नेपालमाथि नाकाबन्दी लगायो । देउवा–दाहाल गठबन्धन भयो र एमाले नेतृत्वको सरकार ढल्यो त्यसको परिणाम नेपालमा भारतीय प्रभाव बढ्यो, भारतीय रबैया विरोधी दलहरुको जनमत बृद्धि भयो र नेपालमा चीनको प्रभाव बढ्यो । त्यसकारण दिल्ली समक्ष ‘मधेसी दल रोज्ने कि चिनको बढ्दो प्रभाव हेरिरहने ? प्रश्न अगाडि आयो । त्यसकारण चीनको प्रभाव रोक्न दिल्लीले मधेसी दलहरुको मागलाई प्राथमिक सूचीबाट हटायो । यो प्रश्न अनुकूल समयमा फेरी उठाउने गरी भारतले मधेसीका मागलाई प्राथमिकताबाट हटाएपछि राजपा चुनावमा जाने भएको छ ।

२०७४ भदौ ७ गते १२ः१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :