मन्त्री थप्दै/मुलुक लुट्दै गठबन्धन

काठमाडौं/भदौ–७ः गठबन्धन टिकाउन प्रम देउवाले इतिहासकै जम्बो मन्त्रीमण्डल गठन गरेका छन् । २०५२ सालमा सरकार टिकाउन देउवाले ४८ सदस्यीय मन्त्रीमण्डल बनाएका थिए । त्यसलाई क्रमभङ्ग गर्दै डा. बाबुराम भट्टराईले ४९ सदस्यीय मन्त्रीमण्डल बनाएका थिए । इतिहासका सबै नकारात्मक नजिर तोड्दै देउवाले मंगलबारसम्म ५० सदस्यीय मन्त्रीमण्डल गठन गरेका देउवासँग अझै ४ मन्त्री रहेका कारण निकट भविष्यमा ५४ सदस्यीय मन्त्रीमण्डल पुग्नेछन् । देउवा–दाहाल गठबन्धन सरकारले इतिहासमै सबैभन्दा धेरै राजस्व लुट्ने नीतिगत भ्रष्टाचारमा संलग्न भएको छ । मन्त्रीमण्डलको औपचारिक मासिक खर्च १० करोड पुगेको छ ।

२०७४ भदौ ७ गते ९ः५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :