थवाङबाट सेना फक्र्यो

काठमाडौं : विप्लव नेतृत्वको नेकपाले सामुदायिक भवन निर्माण गर्न थालेपछि हतारहतार कलेज (उच्च मावि) बनाउन भन्दै थवाङ पुगेको नेपाली सेनाको रोल्पास्थित खड्गदल गणको ४० सदस्यीय टोली काम सकेर फर्केको छ । सो टोली जेठ ८ गते वीर बलभद्र मा.वि.को भवन निर्माण गर्न भन्दै थवाङ पुगेको थियो । सेनाले थवाङको सो कलेज (उमावि) को दुई कोठे, दुई तले भवन २० लाखमा निर्माण सम्पन्न गरेको बताएको छ । थवाङसहित रोल्पामा जनयुद्धका समयमा व्यापक लुटपाट, हत्या, दमन र बलात्कार गरेका कारण सेनाप्रति नकारात्मक जनमत छ । त्यसलाई मत्थर पार्न र कम्युनिस्ट प्रभाव रोक्ने राजनीतिअनुसार नेपाली सेनाले रोल्पामा जनसेवाका कार्यमा संलग्नता जनाउँदै आएको छ ।

२०७४ भदौ ७ गते १ः१८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :