संयुक्त विद्यार्थी संगठनद्वारा त्रि. वि. सभाका निर्णय तत्काल खारेज गर्न माग गर्दै संघर्षको घोषणा

संयुक्त विद्यार्थी संगठनद्वारा त्रि. वि. सभाका निर्णय तत्काल खारेज गर्न माग गर्दै संघर्षको घोषणा

संयुक्त विद्यार्थी संगठन त्रि. वि. सभा बैठकले गरेका निर्णय तत्काल खारेज गर्न माग गर्दै संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ । संयुक्त विद्यार्थी संगठन त्रिभुवन विश्वविद्यालयको बैठक बसि संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै यही मंसिर १४ गते त्रि.वि. सभा बैठकले गरेको गलत निर्णय तत्काल खारेज गर्न माग गर्दै संघर्षमा जाने निर्णय गरेको बताइएको छ ।

संघर्षका कार्यक्रमहरुमा मंसिर १७ घडीघर अगाडि विद्यार्थीका मागहरू लेखिएको व्यानर राख्ने,मंसिर १९ घडीघर अगाडि ९ः४५ देखी १०ः३० सम्म प्लेकार्ड प्रदर्शन गर्ने, मंसिर २० गते त्रि.वि.को सबै विभागमा पर्चासहित विद्यार्थी जागरण अभियान चलाउने, मंसिर २१ गते शिक्षाविद्, प्राध्यापकसहित अन्तर्किया कार्यक्रम गर्ने, मंसिर २२ गते उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारको कार्यालय घेराउ गर्ने र मंसिर २३ गते त्रि.वि.का पदाधिकारीहरुलाई त्रि.वि. परिसरमा प्रवेश निषेध गर्ने लगायतका रहेका छन् ।

संयुक्त विद्यार्थी संगठनद्वारा जारी प्रेस विज्ञप्तीको पूरा पाठ-

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :