युवा सङ्गठनले जनमत सङ्ग्रहका लागि सङ्गठन सुदृढ तथा विस्तार अभियान सञ्चालन गर्ने (विज्ञप्तीसहित)

युवा सङ्गठनले जनमत सङ्ग्रहका लागि सङ्गठन सुदृढ तथा विस्तार अभियान सञ्चालन गर्ने (विज्ञप्तीसहित)

युवा संगठन नेपालको दोस्रो पूर्ण बैठकले नेपाली युवाहरुको उज्वल भविष्य निर्माणका लागि तत्कालीन, मध्यकालीन र दिर्घकालीन महत्त्वका नीति कार्यक्रमहरु तर्जुमा गरेको छ । मंसिर १२ र २३ गते नवलपुरको गैडाकोटमा सम्पन्न बैठकले युवाहरुलाई व्यापक परिचालन गर्ने र संगठनलाई सुदृढ र विस्तार गर्ने योजना बनाएको बैठकपछि युवा संगठन नेपालका अध्यक्ष पाटन जंगलीले एक प्रेस विज्ञप्ती सार्वजनिक गरी नीति कार्यक्रमहरु जानकारी गराएका छन् ।

त्यसैगरी युवा संगठनले जनमत संग्रहका लागि संगठन सुदृढ तथा विस्तार अभियानको तर्जुमा गर्दै केन्द्रीकृत र विकेन्द्रीकृत संगठनात्मक अभियान संचालन गर्ने निर्णय गरेको छ । यसैगरी संगठनको संरचना केन्द्र, प्रदेश र जिल्ला बनाएको छ भने प्रदेशहरुमा प्रदेश संयोजकहरुको व्यवस्था गरेको छ । बैठकले राजनीतिक, संगठनात्मक, आर्थिक लगायत थुप्रै विषयहरुमा दिर्घकालीन महत्त्वका योजनाहरु तर्जुमा गरेको विज्ञप्तीमा उल्लेख छ । तसर्थ सम्पूर्ण क्रान्तिकारी शक्ति, वामपन्थी, बुद्धिजीवी, देशभक्त, राष्ट्रवादी शक्ति तथा आम युवाहरुको साथ समर्थनको पूर्ण अपेक्षा गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकमा नेपाल कम्युनिस्ट पर्टीका केन्द्रीय सदस्य तथा संगठनका इन्चार्ज कृति, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य द्वय असल र शरदको विशेष उपस्थिति २ पदन सम्म बसेको बैठकले राष्ट्रिय राजनीतिमा आएका थुप्रै संकटका विषयमा गहन छलफल बहस गरेको बताइएको छ ।

देशको अर्थतन्त्रलाई नै तहसनहस पार्ने गरि भइरहेको भ्रष्टाचार, कमिसनखोरीहरुलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा बैठकको ध्यानाकर्षण भएको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :