अखिल (क्रान्तिकारी) द्वारा शक्ति मा.वि. गोरखामा कोणसभा सम्पन्न

अखिल (क्रान्तिकारी) द्वारा शक्ति मा.वि. गोरखामा कोणसभा सम्पन्न

गोरखा: आफ्ना जायज मागलाई बेवास्ता गरेको भन्दै अखिल (क्रान्तिकारी) शक्ति माध्यमिक विद्यालय मूल इकाई समितिले आज शक्ति मा.वि. गोरखामा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ । कात्तिक १६ गते बुझाएको १२ बुँदे मागपत्रलाई सम्बोधन गर्न प्रशासनले गरेको लाचारीपनको विरुद्ध क्रान्तिकारीले कोणसभा आयोजना गरेको हो ।कोणसभामा सयौंको संख्यामा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

नेपालको संविधानले २०७२ ले व्यवस्था गरे अनुरुपको शैक्षिक अधिकार व्यवस्था गरियोस्, इच्छुक विद्यार्थीहरुले प्रशासनको आय व्यय जानकारी गराउने वातावरण गरियोस्, इलाइब्रेरी सन्चालान, भौतिक संरचना, विद्यालय सरसफाइ, ल्याब लगायतका १२ बुँदे माग विद्यालयले सम्बोधन गर्न बेवास्ता गरेको कारणले क्रान्तिकारीले आज शक्ति मा.वि.को प्राङ्गणमा कोणसभा गरेको बताएको छ ।

अखिल (क्रान्तिकारी) शक्ति मा.वि. का अध्यक्ष रक्षा श्रेष्ठले सञ्चालन गरेको कोणसभामा अखिल (क्रान्तिकारी) जिल्ला सचिव खिम रोज गुरुङ र जिल्ला अध्यक्ष गगन परिवारले सम्बोधन गरेका थिए । उनीहरुले विद्यार्थीहरुको मागलाई बेवास्ता गरिए अर्को चरणको आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :