सुदर्शनले प्रचण्डलाई भने– फरक आस्था राखेकै कारण हाम्रा कार्यकर्तालाई किन बन्दी बनाइयो ?

सुदर्शनले प्रचण्डलाई भने– फरक आस्था राखेकै कारण हाम्रा कार्यकर्तालाई किन बन्दी बनाइयो ?

काठमाडौँ: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका केन्द्रीय सचिवालय सदस्य सुदर्शनबीच भेटवार्ता भएको छ । काठमाडौँमा सोमबार भएको उक्त भेटवार्तामा नेकपा नेता सुदर्शनले माओवादी केन्द्रसहितको सरकारले फरक राजनीतिक आस्था राखेकै कारण आफ्नो पार्टीका नेता–कार्यकर्तालाई बन्दी बनाएको भन्दै आफ्नो पार्टीका नेता–कार्यकर्ता तत्काल रिहा हुनुपर्ने बताएका थिए ।

भेटमा सुदर्शनले प्रचण्ड–केपी सरकारका पालामा आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाइएको र सोही सरकारकै पालामा ३ बुँदे सहमति भए पनि उक्त सहमति लागू गर्ने कुरामा सरकारले विलम्ब गरेको भन्दै यसले आमकार्यकर्ता र जनतामा राम्रो सन्देश प्रवाह नभएको बताए ।

जबाफमा प्रचण्डले तीनबँुदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने पक्षमा आफू रहेको र त्यसमा बन्दीहरू रिहाइका लागि बुझेर पहल गर्ने बताएका थिए ।
जनयुद्धकालमा निकै सुमधुर सम्बन्ध रहे पनि शान्तिप्रक्रिया हुँदै विप्लव नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी निर्माण भएपछि नदीका दुई किनाराजस्तै बनेका प्रचण्ड र सुदर्शनबीच निकै लामो समयपछि भेट भएको हो । भेटमा उनीहरूले नेपाली कम्युनिस्ट आन्दोलनले गति लिन नसक्नुका कारण लगायत विषयमा पनि छलफल गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :