महासचिव विप्लवलाई चितवनमा भव्य स्वागत

महासचिव विप्लवलाई चितवनमा भव्य स्वागत

चितवन : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई नेकपा चितवनले जिल्ला पार्टी कार्यालयमा फूलमालासहित भव्य स्वागत गरेको छ ।

अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) केन्द्रीय समितिको बैठकमा प्रमुख अतिथिका रूपमा सहभागी हुन आएका महासचिव विप्लवलाई शरदपुर वडा नं. ९ बेणीचोकस्थित जिल्ला पार्टी कार्यालयमा भव्य स्वागत गरिएको हो । महासचिव विप्लवलाई जिल्ला पार्टीका सदस्यहरू, मोर्चाहरूका साथै चितवनबासी जनसमुदायले भव्य स्वागत गरेका थिए ।

उक्त स्वागत कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज सन्देश पौडेल, विशेष समितिका सेक्रेटरी महेश चौधरी, विशेष समितिका सदस्यहरू उत्सव, ध्रुव, रुद्र भट्टराई, जिल्ला सेक्रेटरी मीनप्रसाद शर्मा र अन्य जवस मोर्चाहरूका नेता–कार्यर्तालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :