अखिल नेपाल शिक्षक संगठन रोल्पाको जिल्ला सम्मेलन सम्पन्न

अखिल नेपाल शिक्षक संगठन रोल्पाको जिल्ला सम्मेलन सम्पन्न

अखिल नेपाल शिक्षक संगठन रोल्पा जिल्लाको ८ औं जिल्ला सम्मेलन लिबाङमा सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको सम्मेलनले प्रेम बहादुर ओलीलाई सर्वसम्मत अध्यक्षमा चयन गर्दै २७ सदस्यीय नयाँ जिल्ला संगठन समिति चयन गरेको छ ।

जसको उपाध्यक्ष दामोदर केसी, भुप बहादुर केसी, धन बहादुर डिसी, सचिवमा नन्दराम राना, सहसचिव भुपेन्द्र प्रकाश ओली र अञ्जली गुरुङ, कोषाध्यक्ष धर्मेन्द्र रोका लगायत अन्य सदस्यहरुमा चयन भएका छन् ।

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्न प्रमुख अतिथि अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष तथा कालिका मावि बुटवलका निवर्तमान प्रधानाध्यापक घनश्याम पाठकको उपस्तिथि रहेको थियो । विशिष्ट अतिथिमा अखिल नेपाल शिक्षक संगठन फ्रयाक्सन इन्चार्ज तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य भेजराज भुसाल, पार्टीका केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज सुवास, पार्टीका केन्द्रीय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज जागृति रहेका थिए ।

यस्तै अन्य अतिथिमा विशेष कमिटी सदस्य सन्तोष सुबेदी ‘प्रयास’, एकीकृत अखिल नेपाल शिक्षक संगठन रोल्पा जिल्ला अध्यक्ष मधुसूदन पोख्रेल, पार्टी रोल्पा जिल्ला सेक्रेटरी दिनेश विक्रम चन्द, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रदीप कुँवर र जिल्ला अध्यक्ष हरि वलीको आतिथ्यता रहेको थियो ।

शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथि घनश्याम पाठकले पञ्चायत व्यवस्थादेखि बहुदलीय हुँदै गणतन्त्र आउँदासम्म शिक्षकका विभिन्न मागहरु राज्यले पूरा गर्न नसकेको बताए । शैक्षिक आन्दोलन र मुद्दाहरूमाथि अहिलेको राज्यसत्ताले समाधान गर्न नसकेकाले यसको पक्षमा आफ्नो संगठन निरन्तर संघर्ष गर्ने उदघोष गरे । शिक्षालाई वैज्ञानिक व्यवहारिक बनाउन र शिक्षकका समस्या समाधान गर्न वर्तमान राज्य व्यवस्था असफल भएको उनको भनाइ थियो । अब वैचारिक धरातलबाट शिक्षकहरुले पनि यो व्यवीथाको विकल्प खोज्नु पर्ने आवश्यकता औल्याए ।

विशिष्ट अतिथि पार्टीका केन्द्रीय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज जागृतिले समाजको सबैभन्दा विश्वासिलो पात्र शिक्षक भएकोले विगतको राजनीतिक इतिहासमा शिक्षकले परिवर्तनकारी भूमिका खेलेको स्मरण गराउदै अन्य संघ संगठनका शिक्षक सत्ताको पृष्ठपोषण गर्ने मात्र काम गरेकोले अखिल नेपाल शिक्षक संगठनले शैक्षिक क्षेत्रमा देखिएका तमाम समस्यालाई हल गर्न अग्रपंक्तिमा रहेर काम गर्न अनुरोध गरे । अहिले नेकपा माओवादी केन्द्र निरपेक्ष पार्टी एकताको कुरा गरिरहेको उनको आरोप छ । एकता के का, लागि किन र कसरी यी सबै कुराको निर्क्यौल नगरीकन यही दलाल संसदिय व्यवस्थामा एकताको सम्भावना नरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :