वैज्ञानिक समाजवादका विशेषताहरू-१

वैज्ञानिक समाजवादका विशेषताहरू-१

वैज्ञानिक समाजवाद पुँजीवादी उत्पादन सम्बन्ध एवम् राज्यव्यवस्थाले समाजमा पैदा गरेका वर्गअन्तरविरोध, शोषण, उत्पीडन साथै दमनलाई समाधान दिनका लागि अनुसन्धान गरिएको व्यवस्था हो । अर्थात् वैज्ञानिक समाजवाद पुँजीवादी सत्ताभित्र पैदा भएका अर्थराजनीतिक अन्तरविरोधको समाधान गर्न संश्लेषण गरेको व्यवस्था हो । यसले समाजवाद–साम्यवादका राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक सम्बन्धहरूको निर्माण र विकास गर्दछ । नयाँ समाजवादी सम्बन्धहरूद्वारा आजसम्म विद्यमान वर्ग, जाति, राष्ट्र, धर्मबीचका अन्तरविरोधहरूलाई समाधान गर्दछ । साथै नयाँ समाज, नयाँ वर्ग, नयाँ अर्थसम्बन्ध एवम् नयाँ मानव जातिको विकास गर्दछ । वैज्ञानिक समाजवादका यी विशेषताहरू पुँजीवादी विशेषताभन्दा अतुलनीय रूपले उन्नत, सभ्य एवम् जनहितकारी छन् । यसरी हेर्दा वैज्ञानिक समाजवाद उत्कृष्ट विशेषताहरू भएको राज्यव्यवस्था हो ।

आजभन्दा १७३ वर्षअगाडि मार्क्सले वैज्ञानिक साम्यवादी घोषणापत्र तयार गर्दै गर्दा पुँजीवादको विश्लेषणमा लेख्नुभएको थियो, ‘पुँजीवादी उत्पादन सम्बन्धहरूले तिनको विकासलाई रोकिदिन्छन् । अनि जब उत्पादक शक्तिहरूले यी अड्चनहरू पार गर्न थाल्छन्, त्यसबखत तिनले सारा पुँजीवादी समाजलाई नै डगमगाइदिन्छन् र पुँजीवादी स्वामित्वको अस्तित्वलाई नै खतरामा पारिदिन्छन् । पुँजीवादी सम्बन्धहरू तिनीहरूद्वारा उत्पादित सम्पत्ति समाविष्ट गर्न अत्यन्त सङ्कुचित हुन जान्छन् । कुन प्रकारले पुँजीजीवी वर्गले यी सङ्कटहरू पार गर्दछ ? एकातिर, उत्पादक शक्तिहरूको एक ठूलो भागलाई नष्ट गरेर अनि अर्कोतिर नयाँययाँ बजारहरू कब्जा गर्नुका साथै पुराना बजारहरूको पूरापूर शोषण गेर । वास्तवमा कसरी ? कसरी भने पुँजीजीवी वर्गले बढ्ता चौतर्फी र बढ्ता विनाशकारी सङ्कटहरूका निम्ति बाटो प्रशस्त पार्दछ र यी सङ्कटहरूलाई रोक्ने साधन घटाउँछ ।’
–कम्युनिस्ट घोषणापत्र, पेज ३४ ।

त्यहीँ मार्क्सले वैज्ञानिक समाजवाद ल्याउने वर्गबारे लेख्नुभएको छ, ‘जुन हतियारद्वारा पुँजीजीवी वर्गले सामन्तवादलाई ढालेको थियो, त्यो नै अहिले स्वयम् पुँजीजीवी वर्गका विरुद्ध मोडिएको छ । किन्तु पुँजीजीवी वर्गले यस्तो हतियारको मात्र निर्माण गरेको छैन जसले उसको अन्त्य गर्नेछ । उसले त यस्ता मानिसहरू पनि उत्पन्न गरेको छ जसले उसका विरुद्ध यो हतियारको प्र्रयोग गर्नेछन्, ती हुन् आजका मजदुरहरू, सर्वहाराहरू ।’
– कम्युनिस्ट घोषणापत्र, पेज ३५ ।

मार्क्सका यी संश्लेषणले स्पष्ट गर्छन्– हरेक समाजमा पैदा हुने नयाँ अर्थसम्बन्ध र राज्यसत्ताले पुराना सम्बन्धहरूको तुलनामा अग्रगामी एवम् क्रान्तिकारी विशेषताहरू बोकेकै हुन्छ । सामन्तवादका विरुद्ध पुँजीवादले अग्रगामी एवम् क्रान्तिकारी विशेषताहरू पैदा गरेको थियो भने विकासक्रममा पुँजीवादी अर्थराजनीतिक सम्बन्धहरू पुराना बन्न पुगे र उसकै सङ्कट निम्त्याउने विशेषतामा बदलिए । आज पुँजीवादी अन्तरविरोधहरूलाई समाधान दिन वैज्ञानिक समाजवादी–साम्यवादी व्यवस्था संश्लेषित भएको छ जो स्वभावतः पनि पुँजीवादभन्दा अग्रगामी, जनवादी, वैज्ञानिक र क्रान्तिकारी रहेको छ ।

यतिबेला नेपालमा वैज्ञानिक समाजवाद र दलाल पुँजीवादी संसद्‌वादका बीचमा तीव्र अन्तरविरोध, सङ्घर्ष र प्रतिस्पर्धा छ । पुँजीवादी प्रतिनिधिहरूले संसदीय व्यवस्थालाई अनेकौँ तर्कहरू गरेर बचाउ गर्न खोजे पनि दलाल पुँजीवादी अर्थसम्बन्ध एवम् राज्यव्यवस्था आफैँभित्र पैदा भएका अन्तरविरोधका कारण मरणासन्न बन्न पुगेको छ । तर वैज्ञानिक समाजवाद भने अनेकौँ बाधा–विरोध हुँदाहुँदै पनि रोक्नै नसक्ने गरी उदाउन खोज्दैछ ।

दलाल पुँजीवादी सम्बन्धहरूभित्र उसैलाई समाप्त पार्न योग्य श्रमिक वर्गको वैचारिक एवम् भौतिक शक्तिको विकासले पनि यो सङ्कटलाई विस्फोटक बनाइदिएको छ । खासगरी नेपाली समाजको विकास, वर्गसङ्घर्ष एवम् राजनीतिक सङ्घर्षका क्रममा श्रमिक जनतामा विकास भएको समाजवादी चेतना, चाहना र दलाल पुँजीवादी अर्थसम्बन्धका बीचको अन्तरविरोध एवम् सङ्घर्षमा यो सङ्कट व्यक्त भइरहेको छ । यो सङ्कटले वस्तुतः दलाल पुँजीवादी सत्ताको अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्थालाई जन्म दिने आधार विकास गरेको छ ।

वैज्ञानिक समाजवाद अग्रगामी, जनवादी, परिवर्तनकारी एवम् क्रान्तिकारी विशेषता भएको व्यवस्था हो र नेपालको अर्थराजनीतिक सङ्कटको निकास वैज्ञानिक समाजवादले दिने सम्भावना पैदा भएको छ । यसो भनिरहँदा यसका मूल विशेषताहरू के हुन् र ती पेस गरियून् वा बाहिर ल्याइयून् भन्ने माग निकै बढेको छ । आजको विश्वपरिस्थिति र नेपाली वस्तुस्थितिमा वैज्ञानिक समाजवादका मूल विशेषताहरू केकस्ता हुन्छन् भन्ने जिज्ञासा नागरिकहरूमा पैदा हुनु स्वाभाविक पनि हो । नागरिकका ती माग र जिज्ञासालाई स्पष्ट पार्नु वैज्ञानिक समाजवादी व्यवस्थाको नेतृत्व गर्न चाहनेको जिम्मेवारी त हुन्छ नै साथै तिनलाई स्पष्ट नगरेर वा बोध नगराएर अगाडि बढ्न सम्भव पनि छैन । तसर्थ ती विशे षताहरूलाई हामीले प्र स्टसँ गउल्ले खगर्नै पर्दछ । यसरी उल्लेख गर्नु पर्दा वैज्ञानिक समाजवादका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, बौद्धिकलगायत मूल विशेषताहरू निम्नानुसार रहेका छन् :

१) राजनीतिक विशेषता

१) वैज्ञानिक समाजवादको प्रमुख विशेषता यसले दलाल पुँजीवादी सत्ता, संसदीय व्यवस्था र यसको अधिनायकत्व समाप्त पारिदिन्छ । साथै सत्तालाई दलाल पुँजीवादी वर्गको हातबाट श्रमिक जनताको हातमा पुर्याइदिन्छ र सत्ताको मालिक श्रमिक एवम् बौद्धिक वर्ग बन्नेछन् । वैज्ञानिक समाजवादी सत्ता वैज्ञानिक साम्यवादतिर अग्रसर हुनेछ ।

२) वैज्ञानिक समाजवादले सत्ता सञ्चालनमा पुँजीको हस्तक्षेप वा प्रभावको अन्त्य गर्नेछ । जनताले विचार, नीति, योजनाका आधारमा स्वच्छ प्रतिस्पर्धा गर्नेछन् । पैसाको बलमा चुनावी प्रतिस्पर्धाको स्थान समाप्त हुनेछ ।

३) देशको राज्यव्यवस्था सञ्चालनमा भूमण्डलीकृत पुँजीवादको हस्तक्षेप अन्त्य गरिनेछ । सामाजिक रूपान्तरणको नेपाली जनताको चाहनालाई अवरोध पुर्याउने गरी हुने कुनै पनि प्रकारका घुसपैठ, चलखेल, प्रलोभन, आर्थिक लेनदेनलाई पूर्ण रूपले बन्द गर्नेछ । त्यसैगरी देशभित्रको अन्तरविरोध, सत्तासङ्घर्ष, कुर्सी एवम् पद हत्याउने खेल समाप्त पारिदिनेछ ।

४) समाजवादी व्यवस्थामा केन्द्रमा एक समाजवादी जनप्रतिनिधिसभा रहनेछ । यसको मुख्य जिम्मेवरी देशको कानुन निर्माण एवम् कानुनअनुरूप कार्य कारी निकाय सञ्चालित भएनभएको अनु गमन गर्ने हुनेछ । अन्य संरचनाहरू समाजवादी संविधानले निर्धारण गरेअनुरूपका हुनेछन् । समाजवादी जनप्रतिनिधिहरू जनताको मतद्वारा निर्वाचित हुनेछन् । तर सभामा श्रमिक जनता, किसान, मजदुर, दलित, महिला, जनजाति, बुद्धिजीवी–वैज्ञानिक, सेना, युवाको समानुपातिक प्रतिनिधित्व हुनेछ । ती प्रतिनिधिहरूको सहभागिता प्रत्यक्ष समानुपातिक निर्वाचन प्रणालीद्वारा गरिनेछ । पुँजीको बलमा केवल अभिजात वर्ग वा उसले रुचाएका प्रतिनिधि मात्र निर्वचित हुने संसदीय ढाँचाको अन्त्य गरिदिनेछ । साथै देश र जनताप्रति गद्दारी गरेको प्रमाणित भएमा भविष्यमा अयोग्य हुने गरी जनतालाई प्रत्याह्वान गर्र्ने अधिकार प्रदान गरिनेछ ।

५) वैज्ञानिक समाजवादको कार्यकारी प्रणाली अधिकतम जनवादी अर्थात् लोकतान्त्रिक हुनेछ । देशको कार्यकारी प्रमुख आमनागरिकहरूको प्रत्यक्ष मतद्वारा निर्वाचित गरिनेछ । तथापि यो जनउत्तरदायी, सामूहिक, एकीकृत हुनेछ । संस्थागत प्रणाली एवम् व्यक्तिगत उत्तरदायित्वको सिद्धान्तलाई अनु सरण गर्ने छजसले संसदीय अस्थिरता, अङ्कगणित, किनबेच सारालाई समाप्त पारिदिनेछ । कार्यकारी प्रमुखले जनघात एवम् राष्ट्रघात गरेको प्रमाणित भएमा जनप्रतिनिधिसभालाई महाअभियोग लगाउन पाउने अधिकार हुनेछ । जनताले प्रत्याह्वान गर्न पाउने व्यवस्था पनि हुनेछ ।

६) समाजवादमा राजनीतिक दल खोल्न, प्रतिस्पर्धा गर्न पाउने व्यवस्था हुनेछ तर राजनीतिक स्वतन्त्रताका नाममा देशको सार्वभौमिकता, स्वाधीनता र अखण्डतालाई क्षति पुर्याउन खोजेमा रोकिनेछ ।

७) राज्यभित्र निजी एवम् संस्थागत रूपले वाक्, प्रदर्शन, सभा, प्रेस स्वतन्त्रता पूर्ण रूपले लागू हुनेछन् । मानवअधिकारको कडाइपूर्वक पालना गरिनेछ । तथापि कुनै पनि अधिकारहरूको प्रयोग निजी एवम् संस्थागत स्वतन्त्रता र समाजवादी दायित्वसँग जोडेर गरिनेछन् जसले देशको स्वाधीनता र जनताको सामाजिक समृद्धिलाई प्रत्यक्ष सघाउ पुर्याउनेछन् ।

८) वैज्ञानिक समाजवादले वर्ग, जाति, लिङ्ग, क्षेत्र, समुदायलाई सम्पूर्ण रूपले अधिकार सम्पन्न गराउँदै देशको सार्वभौमिकता, स्वतन्त्रता, स्वाधीनता, एकता एवम् अखण्डतालाई सर्वोपरि राख्नेछ ।

२) आर्थिक विशेषता

१) वैज्ञानिक समाजवादभित्र आर्थिक प्रणालीको ने तृ त्व राज्यले गर्ने छ। यसाे गर्दा यो जनाबद्ध आर्थि ककार्यमा हरनागरिक सहभागी बन्नेछ । राज्यभित्रका हरेक संस्था, निकाय र कम्पनीहरू पूर्ण रूपले सक्रिय हुनेछन् ।

२) समाजवादी अर्थप्रणाली मूल रूपले समाज र हरेक नागरिकको जीवनप्रति उत्तरदायी हुनेछ । हरेक नागरिकका लागि गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, मनोरञ्जन, यातायात, सूचना, भ्रमणको अधिकार पूर्ण रूपले सुनिश्चित हुनेछ । कुनै पनि नागरिकलाई सक्नेले गर्ने, सक्ने बाँच्ने भन्ने पुँजीवादी सिद्धान्तअनु सार व्यवहार गर्ने छै न। अत्यधिक समृ द्धि उसको क्षमता हो तर न्यूनतम् जीवन व्यवस्थापनमा राज्यको दायित्व भन्ने नीति लागू गरिनेछ ।

३) राज्यको नेतृत्वमा व्यक्तिगत स्वामित्वको स्वतन्त्रता लागू गरिनेछ । समाजवादले हरेक नागरिकलाई शोषणरहित उत्पादनको अधिकार दिनेछ । नागरिकहरू आफ्नो क्षमताअनुसार उत्पादन, उपभोग र नियन्त्रण गर्न स्वतन्त्र हुनेछन् । सामाजिक समृद्धिसँगै निजी समृद्धि पनि संवद्र्धित हुनेछ । निजी पुँजीलाई सामाजिक समृद्धिका पक्षमा परिचालन गरिनेछ ।

४) समाजवादभित्र कृषि उत्पादन र औद्योगिक उत्पादनलाई जोड दिइनेछ । वैज्ञानिक एवम् प्राविधिक सुविधा सम्पन्न आधुनिक कृषि उत्पादनद्वारा आत्मनिर्भर बन्ने र औद्योगिक उत्पादनद्वारा समृद्ध बन्ने नीति प्रयोग गरिनेछ । कृषिमा अनुदान र विशेष सुविधा उपलब्ध गराइनेछ भने उद्योगमा अधिकतम् प्रगतिशील करप्रणाली लागू गरिनेछ ।

५) हरेक आर्थिक नीति, योजना एवम् कार्यहरू राष्ट्रिय हितलाई केन्द्रमा राखेर सञ्चालन गरिनेछन् । अधिकतम् रूपले स्वदेशी उत्पादन र पुँजी परिचालनमा जोड दिँदै देशलाई हित हुने गरी विदेशी पुँजी लगानीलाई पनि भित्र्याइनेछ ।

६) राज्यभित्रको जमिनमा राज्यको स्वामित्व कायम गरिनेछ । जमिनमा हरेक नागरिकहरूको समान अधिकार हुनेछ । तर उद्यम–व्यवसायको आवश्यकताअनुसार व्यक्तिले पनि जमिनको उपभोग गर्न पाउनेछ ।

७) दक्ष उत्पादक शक्तिको विकासमा जोड दिनेछ साथै हरेक नागरिकलाई उत्पादनकार्यमा सहभागी बन्ने अवसर प्रदान गर्नेछ । काम नगर्नेले माम नपाउने नीति लागू गर्नेछ । हालसम्म उत्पीडित अवस्थामा रहेका दलित, महिला, मजदुर, किसानहरूको तीव्र उन्नतिका लागि विशे ष आर्थि कयो जना निर्मा ण गर्ने छ।

८) राज्यले नागरिक, संस्था एवम् अद्योगीहरूमा लगाउने करप्रणाली अत्यधिक प्रगतिशील बनाउनेछ ।

९) बैङ्कहरूलाई पुँजी उत्पादन मात्र होइन, जनसेवामूलक पनि बनाइनेछ ।

१० ) राज्य, बैङ्क, सहकारी एवम् निजी वित्तीय संस्थाहरूबाट प्रवाह गरिने हरेक ऋणको ब्याजप्रणाली सर्वसुलभ बनाइनेछ ।

११) देश र जनताको समृद्धिको तीव्र आकाङ्क्षालाई केन्द्रमा राखेर सामाजिक आवश्यकता पूर्तिका निम्ति उच्च उत्पादकत्व वृद्धिसँगै तत्कालीन, मध्यकालीन र दीर्घकालीन वैज्ञानिक योजनाका आधारमा आत्मनिर्भर, गतिशील एवम् स्वाधीन राष्ट्रिय अर्थतन्त्र निर्माण गरिनेछ ।

१२) भूमण्डलीकृत पुँजीवादद्वारा हाम्राजस्ता देशमा केवल मुनाफा सोहोर्नका लागि उदारवाद, नवउदारवादका नाममा लगानी गर्न आउने र ल्याइने निगम पुँजी एवम् एकाधिकार पुँजीलाई रोकिनेछ ।

प्रतिक्रिया दिनुहोस्