नेकपाका कार्यकर्ता दुर्गा रोका तीन वर्षपछि रिहा, शिवगढीबासीद्वारा भव्य स्वागत

नेकपाका कार्यकर्ता दुर्गा रोका तीन वर्षपछि रिहा, शिवगढीबासीद्वारा भव्य स्वागत

शिवगढी (कपिलवस्तु) : नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तु शिवगढीका तत्कालीन एरिया समिति सदस्य दुर्गा रोका पौन तीन वर्षपछि बिहीबार रिहा भएका छन् । रोका रिहा भएपछि शिवगढीबासीले स्वतस्फूर्त जम्मा भएर बाजागाजासहित भव्य स्वागत गरेका छन् ।

रोकाको स्वागतका लागि ठूलो सङ्ख्यामा स्थानीय जनता भेला भएका थिए । नेकपाले रोकाको स्वागतका लागि औपचारिक कार्यक्रम आयोजना गर्ने जानकारी नेकपा कपिलवस्तु÷अर्घाखाँची इन्चार्ज जुझारुले दिएका छन् । रोकालाई २०७५ साल फागुन २३ गते कपिलवस्तुको शिवगढीबाट प्रहरीले नेकपाको कार्यकर्ता भएकै आरोपमा गिरफ्तार गरेको थियो ।

नेकपामाथि प्रतिबन्ध लगाउनु ७ दिनअगाडि प्रहरीले शिवगढीमा सर्च एन्ड अप्रेसन चलाएको थियो । प्रहरीले अप्रेसन गरेपछि शिवगढीबासीले प्रतिरोध गरेका थिए । यसक्रममा रोकालाई सादा पोसाकका प्रहरीले गिरफ्तार गरी चरम यातना मात्रै दिएन, गोपनीयता नखुलाएको भन्दै चन्द्रौटा इलाका प्रहरी चौकीको ट्वाइलेटमा लगी खुट्टामा गोलीसमेत हानेको थियो ।

शिवगढीमा सरकारले गरेको दमन र त्यसप्रकारको निर्मम घटनाप्रति सर्वत्र विरोध भएको थियो । प्रहरीले ‘हतियार भएको विशेष सूचना’ भन्दै अप्रेसन गरिएको दाबी गरे पनि सरकारले आधिकारिक सूचना अहिलेसम्म बाहिर ल्याएको छैन । गिरफ्तार गरेपछि दुर्गा रोकालाई अदालतले दुई वर्ष ६ महिना कैद र चार हजार छ सय रुपैयाँ जरिबाना फैसला गरेको थियो ।

तौलिहवा कारागारमा रहेका रोकालगायत नेकपाका तत्कालीन लुम्बिनी ब्युरो सदस्य तथा रूपन्देही इन्चार्ज सङ्गम, नवीन थारू र गणेश चौधरीलाई भेट्न नेकपाका महासचिव विप्लव, केन्द्रीय सदस्य कृतिलगायत नेता २०७७ चैत ३ गते तौलिहवा कारागार पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :