बुद्धिजीवी संगठनको काठमाडौँ जिल्ला समिति गठन

काठमाडौँ: नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन काठमाडौँ जिल्ला भेला आयोजक समिति सफल बाबु कुँवरको संयोजकत्वमा गठन भएको छ ।
विभिन्न पेशामा आवद्ध क्रान्तिकारी बुद्धिजीवीहरुको सहभागितामा आइतबार काठमाडौँमा सम्पन्न भेलाले ११ सदस्यीय जिल्ला भेला आयोजक समिति गठन गरेको हो । आयोजक समितिमा बलराम रेग्मी, चतुर्भुज उपाध्याय, सागर काफ्ले, राम सागर सोनी, सन्तोष वस्ताकोटी, अक्षय भण्डारी, सिर्जन सापकोटा, विराज पौडेल र पुष्पराज इट्नी चयन भएका छन् ।
केन्द्रीय भेला आयोजक समितिका संयोजक व्यापक नेपालीको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा नेकपा बुद्धिजीवी साधारण शाखा सेक्रेटरी देवकला अधिकारी ञमुक्तीझ, नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ जिल्ला सेक्रेटरी तुल्सीनारायण, बुद्धिजीवी संगठन केन्द्रीय सदस्य खम्बु चन्द र अखिल ९क्रान्तिकारी० का केन्द्रीय सदस्य रविन केसीको विशेष उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :