नेकपा चितवनकाे पार्टी कार्यालय उद्घाटन

नेकपा  चितवनकाे पार्टी कार्यालय उद्घाटन

चितवन: नेपाल कम्युनिस्ट पार्टी चितवनले शनिबार एक कार्यक्रमका बिच पार्टी कार्यालय उद्घाटन गरेको छ । नेकपा चितवनले भरतपुर ९ हाकिम चोकमा एक कार्यक्रम गर्दै जिल्ला पार्टी कार्यालय उद्घाटन गरेको हो । नेकपाका केन्द्रीय सदस्य तथा चितवन जिल्ला ईन्चार्ज साथै कार्यालय उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सन्देश पौडेलले पार्टीको झण्डा फरहराएर कार्यालयको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका जिल्ला इन्चार्ज पौडेलले दलाल संसदीय व्यवस्थाको अन्तिम विकल्प वैज्ञानिक समाजवाद रहेको र त्यसको प्राप्तिको लागि सबै एक भएर लड्नु पर्ने आवश्यकता रहेको बताए । साथै उनले शान्तिपूर्ण बाटोबाट वैज्ञानिक समाजवादमा पुग्ने एक मात्रै विकल्प जनमत संग्रह भएको बताउदै जनमतसंग्रहको तयारीमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । एक फरक प्रसंगमा नेता पौडेलले आफुहरुले छुट्टै कार्यालयको उद्घाटन गरेपनि भरतपुर ७ कृष्णपुरमा रहेको तत्कालीन एकीकृत नेकपा माओवादीको पार्टी कार्यालयमा आफ्नो पार्टीको पनि दाबी रहने र आफ्नो भाग लिएरै छोड्ने बताए ।

कार्यक्रममा नेकपा चितवनका विशेष कमिटी सदस्य उत्सव लामा र रुद्र भट्टराई अतिथि रहेका थिए भने कार्यक्रम संचालन जिल्ला सेक्रेटरी मिनप्रसाद सापकोटाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :