जादुमयी यथार्थवाद

ब्राजिल भ्रमणको क्रममा चिनियाँ प्रधानमन्त्री ली कछ्याङ ब्राजिलका राष्ट्रपति डिल्मा रुसेफसँग हात मिलाउँदै (मे १९ २०१५)
लामो समयसम्म, टाढा टाढाका असंख्य सहरहरूको कुटनीतिक भ्रमणमा व्यस्त हुनु भएका चिनियाँ प्रधानमन्त्री लि खछ्याङले सन् २०१३ मा कार्यभार सम्हालेपछि गर्नुभएको ल्याटिन अमेरिकाको पहिलो राजकीय भ्रमणले स्वदेश र विदेशमा समेत ध्यानाकर्षित गरेको छ ।
ब्राजिल, कोलाम्बिया, पेरु र चिलीको मे १८ देखि २६ सम्मको नौदिने भ्रमण अवधिमा विभिन्न क्षेत्रमा भएका सहमति र सम्झौताले चीन र ल्याटिन अमेरिकाबीचको सम्बन्धले नयाँ उचाई हासिल गरेको छ ।
तीन दशकमा चीनको आश्चर्यजनक आर्थिक वृद्धिसँगै समानान्तर ढंगले ल्याटिन अमेरिकासितको व्यापार वृद्धि हुनुका साथै ती दुई देशबीचको सम्बन्ध पनि सुखद् रहेको छ । गएको जुलाईमा ब्राजिलमा भएको चीन ल्याटिन अमेरिका र क्यारेबियाली शिखर सम्मेलनमा चीन ल्याटिन अमेरिका सम्बन्धको विकास र सहयोगको पाँच क्षेत्र राजनीति, अर्थतन्त्र र व्यापार, जनस्तरीय साँस्कृतिक आदान प्रदान, विश्व मामला, बहुपक्षीय र दुईपक्षीय सम्बन्धबारे चिनियाँ राष्ट्रपति सि जिङपिङले खाका प्रस्तुत गर्नु भएको थियो ।
जनवरीमा चीन–(ऋभ्ीब्ऋ) (ल्याटिन अमेरिका र क्यारेबियाली क्षेत्रको समुदाय) फोरमको पेइचिङ्गमा प्रथम मन्त्रीस्तरीय भेलामा सबै पक्षबीचको सम्बन्धमा नयाँ अध्याय सुरु भयो । पहिले भइसकेका विभिन्न प्रयासको आधारमा सम्बन्धलाई बलिया बनाउन चिनियाँ प्रधानमन्त्रीको ल्याटिन अमेरिका भ्रमणलाई प्रमुख कदमको रुपमा हेरिएको छ ।

३/३ प्रारुप
चीन–ल्याटिन अमेरिका सहयोगको असंख्य सम्भावित लाभ हासिल गर्न आवश्यक कामलाई चिनियाँ प्रधानमन्त्रीको यस भ्रमणले सहयोग पु¥याउनेछ । उत्पादन क्षमता वृद्धि गर्नको लागि चाहिने सहयोगको लागि सहमतिमा पुग्न चिनियाँ प्रधानमन्त्रीको चारदिने राजकीय भ्रमण मुख्य विषय रहेको थियो । प्रधानमन्त्रीको भ्रमणको माध्यमबाट चिनियाँ उत्पादन तथा प्रविधि एकपटक फेरि अन्तर्र ाष्ट्रिय बजारमा पुगेको छ । ल्याटिन अमेरिका भ्रमणको पहिलो भूमि ब्रासिलामा प्रधानमन्त्रीले ब्राजिलका राष्ट्रपति डिल्मा रुसेफसँग २७ अरब डलर बराबरको ३५ वटा व्यापारिक सम्झौता गरेका थिए । खानी, प्रविधि र वित्तिय क्षेत्रसमेतको आधा घण्टाको हस्ताक्षर समारोहमा दुवै देशका उद्योग र व्यापारका प्रतिनिधिको उपस्थिति थियो ।

१९ मेमा ब्रासिलामा भएको चीन–ब्राजिल व्यापार सम्मेलनमा उत्पादन क्षमता वृद्धि गर्ने चीन– ल्याटिन अमेरिका सहयोगको नयाँ ३÷३ प्रारुपलाई प्रधानमन्त्रीले प्रस्तुत गरेका थिए । प्रधानमन्त्रीको विचारमा चीन–ल्याटिन अमेरिका र क्यारेबियाली मुलुकले जिन्सी, ऊर्जा र सूचनाजस्ता क्षेत्रको संयोजनलाई जोड दिनुपर्छ । उनका अनुसार दुवै पक्षले कोष, कर्जा र बिमासहितको वित्तिय स्रोतलाई विस्तार गर्नुपर्छ ।
पेइचिङ्गस्थित रेनमिन विश्वविद्यालयका अन्तर्राष्ट्रिय मामलाका निर्देशक वाङ यिवेइले मे. २६ को ‘पिपुल्स डेली’ मा लेखेका थिए, ‘संयुक्त लगानी र पूर्वाधार निर्माणमा सहयोगको माध्यमबाट ३÷३ प्रारुपको उद्देश्य चीन, ल्याटिन अमेरिका र क्यारोबियाली मुलुकबीचको सम्बन्धलाई अझ बलियो बनाउनु हो ।’

औजार निर्माण र उत्पादन क्षमता अभिवृद्धिमा चीन–ल्याटिन अमेरिका सहयोगलाई प्रर्वद्धन गर्न चीनले ३० अरब डलरको विशेष कोष खडा गर्ने पनि प्रधानमन्त्री लि ले सम्मेलनमा घोषणा गरे । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अमेरिका सम्मिलित सङ्गठन ‘ब्रिक्स’को माध्यमबाट हालसालैको वर्षमा दुईपक्षीय र बहुपक्षीय मामलामा ब्राजिल–चीनको महत्वपूर्ण साझेदार भएको छ । ल्याटिन अमेरिकामा ब्राजिल चीनको सबभन्दा ठूलो व्यापारिक साझेदार भएको छ । चिनियाँ भन्सार विभागको तथ्याङ्क अनुसार सन् २०१४ मा चीन र ब्राजिलबीचको दुईपक्षीय व्यापार ८६.६७ अरब अमेरिकी डलर पुगेको छ ।

दुई देशको तुलनात्मक लाभ फरक–फरक क्षेत्रमा रहेको हुँदा चीन र ब्राजिलबीचको औद्योगिक सहयोगको आवश्यकता झन् बलियो भएको छ । गएको वर्ष राष्ट्रपति सिको भ्रमणमा ब्राजिलको प्रमुख हवाइजहाज निर्माता इक्बेअर एस.ए. बाट चिनियाँ खरिदकर्ताले ६० वटा यात्रुबाहक विमा अर्डर गरेको थियो । त्यसमध्ये २२ वटा विमान प्रधानमन्त्रीको भ्रमणमा स्वीकृति प्रक्रिया पूरा गरेको थियो । यसैबीच ब्राजिलमा चिनियाँ सामानको पनि आकर्षण रहेको छ । ब्राजिलको दोस्रो ठूलो सहर रियो डि जेनेरियोमा अर्को वर्ष हुने ओलम्पिकको लागि जोडतोडका साथ तयारी हुँदैछ । खेलप्रेमी, स्वदेशी तथा विदेशी पाहुनाको हुललाई होटल र आवासबाट खेलग्रामसम्म पु¥याउन र ल्याउन यस सहरले सार्वजनिक यातायातको अवस्थालाई धेरै सुधार गर्नु आवश्यक छ । सार्वजनिक यातायातमा चिनियाँ कम्पनीले उच्चस्तरको मेट्रो ट्रेन र बस उपलब्ध गराएर योगदान गरेको छ ।

ब्राजिल भ्रमणमा प्रधानमन्त्री लिने रियोमा परिक्षणमै रहेको चीनमा निर्मित मेट्रो र पानीजहाजमा यात्रा गरेका थिए । तटिय सहरको सामुद्रिक यातायात क्षमतालाई बढाउन सन् २०१३ मा रियो राज्य सरकारले चिनियाँ जहाज कम्पनीबाट ७ वटा पानीजहाज खरिद गरेको थियो । चीनमा बनेको पहिलो पानीजहाजको प्रयोग गएको सालमा मात्र भएको थियो । चीनको प्रमुख रेल निर्माण कम्पनी सीएनआर कर्पोरेशनले मे २५ सम्ममा रियो सहरका सम्पूर्ण ९० वटा भूमिगत रेल हस्तान्तरण गरिसकेको छ । ओलम्पिकको समयमा यो नयाँ मेट्रो टे«न प्रयोगमा आउनेछन् ।
ल्याटिन अमेरिकी बजारमा चिनियाँ कार निर्माताले पनि राम्रो प्रभाव पारिरहेको छ । उदाहरणका लागि चेरी अटोमोबाइल कम्पनीले सन् २०१४ मा साओपाउलो सहरमा उद्योग खोलेको थियो । बढ्दो बजारलाई ध्यानमा राखेर जेएसी मोटर कम्पनीले पनि यस वर्ष ब्राजिलमा लगानी विस्तार गर्दैछ । अरु ल्याटिन अमेरिकी बजारमा पनि चिनियाँ कार कम्पनीको उपस्थिति उल्लेखनीय मात्रामा बढिरहेको छ ।
चिलीका लागि चिनियाँ राजदूत लि पाओर ोडङले पिपुल डेलीलाई भनेका थिए – ‘पहिलोपटक चिली पुग्दा त्यहाँको सडकमा चिनियाँ गाडी देख्दा छक्क परेको थिएँ ।’ सन् २००७ मा ‘हाभल एसयूभी’ कार चिलीको सडकमा देखापरेदेखि २० भन्दा बढी चिनियाँ कार कम्पनीले चिलीमा शोरुम खोलेका छन् । चिलीको कार बजारमा चिनियाँ कार कम्पनीको १५ प्रतिशत बजार हिस्सा रहेको छ । यसैबीच चिलीबाट धेरै सामान चीनमा आयात भइरहेको छन् । ९५ प्रतिशत ब्लुबेरी र तीन चौथाइ चेरी चिलीले चिनियाँ बजारमा निर्यात गर्छ ।
ल्याटिन अमेरिकामा चिनियाँ कम्पनीले प्रविधिभित्र ल्याएको छैन बरु स्थानियको लागि रोजगारको अवसर पनि सिर्जना गरेको छ । चेरी ब्राजिलका प्रबन्धक फङ्ग चिएनले सिन्ह्वा समाचार समितिलाई जनाएअनुसार ब्राजिलको चेरीको शाखामा ७० प्रतिशत श्रमिक स्थानिय छन् ।

खुला व्यापारको
लिका अनुसार सन् २००५ मा चिली र चीनबीचको खुला व्यापार सम्झौता भएदेखि दुईपक्षीय व्यापारमा भएको वृद्धि लाभदायक भएको छ । वास्तवमा ल्याटिन अमेरिकामा चिली नै पहिलो मुलुक हो जसले चीनसँग दुईपक्षीय व्यापार सम्झौतामा हस्ताक्षर गरेको थियो जसमा वस्तुदेखि सेवा र वित्तिय क्षेत्रसम्म रहेको छ ।
सन् २०१० मा दुईपक्षीय सम्झौता भएदेखि चीनसँगको स्वतन्त्र व्यापार सम्झौताले पेरुलाई पनि उल्लेखनीय लाभ मिलेको छ । सन् २०१४ मा दुई देशबीचको व्यापार १४.३२ अरब अमेरिकी डलर पुगेको थियो । त्यस वर्षको अन्त्यसम्ममा पेरुमा चिनियाँ लगानी १४.२४ अरब अमेरिकी डलर पुगेको थियो । पेरु ल्याटिन अमेरिकामा ठूलो संख्यामा चिनियाँ समुदाय रहेको देश पनि हो ।
अन्तरमहादेशीय रेलमार्ग प्रस्तावमाथि सम्भाव्यता अध्ययन गर्ने सम्झौतामा पुग्नु प्रधानमन्त्री लिको लिमा भ्रमणको एउटा महत्वपूर्ण उपलब्धि हो । प्रस्ताविक रेलमार्गले पेरुको प्यासिफिक तटले ब्राजिलको एट्लान्टिक तटलाई जोड्ने छ । सन् २०१४ मा चीन, ब्राजिल र पेरुका शीर्ष नेताहरूले उक्त परियोजनामाथि छलफल गरेका थिए ।

रेलमार्गसँगै रहेका क्षेत्रको आर्थिक विकासको सम्भाव्यतालाई ध्यानमा राखी दक्षिण अमेरिकामा औद्योगिकीकरण र सहरीकरणलाई तीव्रता दिन परियोजनको सफलताको निम्ति अत्यधिक प्रयास गर्न तीन राष्ट्र सहमत भएका छन् । मे २२ मा पेरुका राष्ट्रपति ओलान्टा हुमालासँगको वार्तापछि भएको पत्रकार सम्मेलनमा वातावरणीय संरक्षण र पर्यावरणीय विविधतालाई जोगाएर परियोजनलाई अगाडि बढाउनुपर्नेमा प्रधानमन्त्री लि ले जोड दिए । चीन र कोलम्बियाले स्वतन्त्र व्यापार सम्झौतामाथि सम्भाव्यता अध्ययन सुरु गरेका छन् । चिनियाँ सामाजिक शिक्षाको ल्याटिन अमेरिकी संस्थाका अनुसन्धानकर्ता छि फङ्गथिएनले भने, ‘प्रधानमन्त्री लिको भ्रमणले वार्ताको प्रगतिलाई तीव्रता दिने छ ।’

चिनियाँ राज्य परिषद्को वेभसाइटअनुसार चिनियाँ प्रधानमन्त्रीको भ्रमणको बेला २४ घण्टे युद्धविराम गर्न कोलम्बियाली सरकारी सेना र विद्रोही समूहबीच सहमति भएको थियो । राजधानी बोगोटामा प्रधानमन्त्री लिसँगको भेटमा युद्धपछिको पुनः निर्माण र कोलम्बियाको समग्र आर्थिक तथा सामाजिक विकासको लागि चीनको सहयोग निश्चित रुपमै परिचालित हुन सहायक हुनेछ भनेर कोलम्बियाली राष्ट्रपति जुआन म्यानुयल सान्टोसले विश्वास व्यक्त गरे ।

छिले भने, ‘अहिले सरकारी सेना र विद्रोही समूहबीच घरेलु शान्ति सम्झौता हुने आशा गरिएको छ जुन चीन र कोलम्बियाबीचको सहयोगको लागि अवसर हुनेछ ।’ घरेलु सुरक्षा चुनौती भएतापनि सन् २०१० देखि २०१४ सम्म औसत ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न कोलम्बिया सफल भएको छ । त्यति नै समयावधिमा चीन र कोलम्बियाबीचको व्यापार पनि तीव्र दरले बढिरहेको छ । सीएसएसका छी भन्नुहुन्छ, कोलम्बियाको हालैको आर्थिक वृद्धिका दुईटा प्रमुख कारण छन् । पहिलो, खानी, पूर्वाधार विकास, कृषि र उद्योगमा विदेशी लगानी आकर्षित गर्न सान्तोष सरकारले आर्थिक प्रोत्साहन दिइरहेको छ । यसका अलावा मुलुकमा व्यापारिक संलग्नता बढाउने उपाय अपनाइएको छ । दोस्रो, सरकारको शान्तिप्रतिको विशेष जिम्मेवारीबोधले गर्दा कोलम्बियामा सुरक्षा स्थिति सुधार हुँदै गइरहेको छ ।

जनस्तरीय आदानप्रदान
पुरानो चिनियाँ भनाइ छ, ‘दुई मुलुकबीचको बलियो सम्बन्धको साँचो नै जनताबीचको सद्भाव हो ।’
आर्थिक र व्यापारबाहेक, प्रधानमन्त्री लिको ल्याटिन अमेरिका भ्रमणले जनस्तरीय आदानप्रदान र साँस्कृतिक क्षेत्रमा रहेको सम्बन्धलाई अझ प्रगाढ बनाएको छ । व्यस्त तालिकापछि पनि प्रधानमन्त्री लि ले यस्ता धेरै कार्यक्रममा भाग लिएका थिए । मे २२ मा बोगाटामा भएको चीन–ल्याटिन अमेरिका साँस्कृतिक आदानप्रदान विचार गोष्ठीमा प्रधानमन्त्री लिले चीन, कोलम्बिया र ल्याटिन अमेरिकाबीचको सहयोगलाई साँस्कृतिक तहमै बढाउन आह्वान गरे ।

विचार गोष्ठीमा दुई देशका कला र साहित्यसँग सम्बन्धित एक सयभन्दा बढी व्यक्तित्वहरूको उपस्थिति थियो । गोष्ठीमा साहित्यमा नोबेल पुरस्कार विजेता मो यानले कोलम्बियाका लेखक नोबेल पुरस्कार विजेता ग्राबियल गार्सिया मार्खेजका महान पुस्तकबाट प्रभावित भएको विचार व्यक्त गरे । त्यसको प्रत्युत्तरमा राष्ट्रपति सान्तोसले चीनको ५ हजार वर्ष पुरानो संस्कृतिको गहिराई र व्यापकताबाट कोलम्बियाली लेखक प्रभावित रहेको भनेर प्रशंसायुक्त टिप्पणी गरे ।  पेरुको लिमामा चाभिन र इन्का संस्कृतिबारे भएको प्रदर्शनीमा प्रधानमन्त्री लिले भ्रमण गरेका थिए । पुरातात्विक, मानवविज्ञान र इतिहास राष्ट्रिय सङ्ग्रहालयमा चिनियाँ सभ्यताको विकासमाथि भएको फोटो प्रदर्शनी पनि अवलोकन गरे । प्रधानमन्त्रीले संग्रहालयलाई प्राचीन चिनियाँ मुकुण्डो उपहार प्रदान गरे ।

चिनियाँ समाजविज्ञान अध्ययन एकेडेमीका अनुसन्धानकर्ता कुव हुन हाईले सिन्ह्वा समाचार समितिलाई भने, “अबको पाँच वर्षमा चीन र ल्याटिन अमेरिकाबीचको सम्बन्ध झन बलियो हुनेछ । यस अर्थमा दुवै देशले परस्पर समझदारीलाई अझ घनीभूत बनाउनुपर्छ ।” चीनले १४ ल्याटिन अमेरिकी राष्ट्रमा अहिलेसम्म ३० वटा कन्फुसियल संस्थाको स्थापना गरेको छ । चिनियाँ संस्कृतिको जानकारी गराउन र सांस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्न यस्ता संस्थाले महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । प्रधानमन्त्री लिको भ्रमणको उपलब्धि र अहिलेको सहयोगले चीन र ल्याटिन अमेरिकाबीचको प्रगाढ सम्बन्धलाई प्रष्ट पार्छ । ल्याटिन अमेरिका र क्यारेवियालीका लागि संयुक्त राष्ट्र आर्थिक आयोगका कार्यकारी सचिव आलिसिया बार्सेनाले चिलीको समाचार पत्र मारकुरियोको २४ मे अङ्कमा लेखेझैं अहिले चीन– ल्याटिन अमेरिकाबीचको सम्बन्धले पूर्ण जीवन्तता पाएको छ ।

२०७४ भदौ ५ गते ७ :१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :