दलितमाथि उत्पीडन र समाधान

ghananath sapkota bikashमानव समाज आदिम साम्यवाद जसलाई जङ्गली युग वा ढुङ्गेयुग पनि भनिन्छ बाट विकास भएर दासयुग, सामन्तवादी युग हुँदै वर्तमान पुँजीवादी युगसम्म आइपुगेको छ । मानवसमाज वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म पुग्ने कुरा निश्चित छ । योभन्दा संसारका अगाडि वर्तमान सामौज्यवादबाट पालित पोषित दलाल पुँजीवादले ल्याएको संकट समाधानको अर्को विकल्प छैन । संसारमा समाजवादका भ्रुणहरू जन्मेका पनि छन् । समाजवादी विचार र साम्राज्यवादको बीचमा भीषण संघर्षहरू चलिरहेका छन् । यस किसिमका संघर्षहरू कहिले उत्कर्षमा पुग्छन् त कहिले सामान्य अवस्थामा आदिम साम्यवादमा निजी सम्पत्तिको अवधारणा थिएन । समाज मातृसत्तात्मक थियो । आमाको नेतृत्वमा समाज चलेको थियो । विस्तारै मानव समाज ढुंगे युगबाट दास युगमा प्रलेश ग¥यो । दास र मालिकमा समाज विभक्त भयो । निजी सम्पत्तिको अवधारणा सिर्जना गरियो । मालिकहरूले पढ्न पाउने अधिकार दासहरूमाथि शासन चलाउने सिंगो समाजको मालिक वा सर्वेसर्वा आफू बन्ने नियम कानुन बनाए । सबै उत्पादन निर्माण र जोखिमपूर्ण काम श्रमिकहरूलाई जिम्मा दिइयो । उत्पादित वस्तु र सम्पत्तिमाथि श्रमिकहरूको स्वामित्व नहुने भयो । सबै उत्पादित वस्तु र सम्पत्तिको स्वामित्व मालिकहरूमा गयो । मालिकहरूकै नेतृत्व र खटनपटनमा समाज चल्न थाल्यो । ती श्रमिकहरूलाई पूरै मालिकको सेवक बनाइयो । यतिसम्म कि उनीहरूलाई दासको दर्जा थमाइयो । हुँदा हुँदा त्यस्ता दासहरूलाई काममा गोरुलाई झैं जोताउन थालियो र पशुझैं मालिकहरूले खरिद बिक्री गर्न थाले । सोझै सम्पत्ति आर्जनको साधन बनाउन थाले । सबै उत्पादित वस्तु मुट्ठिभर मालिहरूको हातमा केन्द्रित हुनथाल्यो । उनी विलाशी जीवन जिउन थाले । समाज विस्तारै दासयुगलाई दासयुगबाट समाजवादी युगमा प्रवेश ग¥यो । दासयुगको अन्त्यसँगै मालिकहरूले आफ्नो सत्तास्वार्थ र उत्पादनलाई व्यवस्थित बनाएर आफूलाई थप समृद्ध बनाउनको लागि मालिकहरूले ती श्रमिक दासहरूलाई श्रम विभाजनको नीति अगाडि सारे । एकाथरिलाई लुगा सिलाउनै जिम्मा दिइयो । कसैलाई कृषि औजार भाँडावर्तन बनाउने, कैलाई श्रृङ्गारका वस्तुहरू बनाउने त कसैलाई जुत्ता सिउने कसैलाई काठको काम त कसैलाई घर भवन निर्माणको जिम्मा दिइयो । कसैलाई खेतीपाती कसैलाई उद्योग कलकारखानामा काम गर्ने जिम्मा दिइयो भने कसैलाई फोहोर फाल्ने जिम्मा दिइयो । यसरी सारा श्रमिकहरूलाई यावत कामको जिम्मा दिएर जसबाट आएको प्रतिफल समाजका टाठाबाठा उच्च घराना सत्ताका मालिकहरूले चैनका साथ उपभोग गर्न थाले । समय बित्दै जाँदा अझ शोषणको जालो कसिलो बनाएर मालिकहरू श्रमिकमाथि शोषण गर्नको लागि पेसा अनुसार समाजलाई विभिन्न जातमा विभाजन गरियो । लुगा सिउनेलाई दमाई, भँडा वर्तन बनाउनेलाई कामी, जुत्ता सिउनेलाई सार्की, फोहोर उठाउने फाल्नेलाई पोडे, चमार, गाउने नाच्नेलाई गाइने, गरगहना बनाउनेलाई सुनार, विभिन्न निर्माण तथा उद्योग कलकारखानामा काम गर्नेहरूलाई तल्लो दर्जाको कोटीमा राखियो । त्यतिमात्र होइन, श्रममाथि शोषणको जालो अझ मजबुत र कसिलो बनाउन यो धर्ती र मानव समाजलाई निर्माण परिवर्तन र हराभरा बनाउने ती मजदुर दमाई, कामी, सार्की पोडे, चमार, सुनार, गाइने आदि जातिहरूर्लाइ समाजको तल्लो दर्जाको नागरिकको कोटीमा राखियो ।

यतिमात्र होइन उनीहरूलाई निज जात दलित उनीहरूको हातको पानी पनि नचल्ने बनाइयो । मालिक र माथिल्लो जातको घरमा पस्न पनि नहुने मालिकका घर भाँडा वर्तनमा खाना खान पनि नहुने । हुँदा हुँदा उनीहरूलाई छुन पनि नहुने कथंकदाचित छोइयो भने सर्वाङ्ग नुहाएर चोखो हुनुपर्नेसम्मको नियम बनाए । उनीहरूले बनाएको घरमा बस्न नहुने उनीहरूले बनाएको भाँडा वर्तनमा मिठो मिष्ठान्न पकाएर खान हुने, उनीहरूले सिलाएको कपना गहना लगाउन हुने तर उनीहरूलाई छुन पनि नहुने कस्तो ? यस्तो छ शोषणको पराकाष्ठा जसले सीप लगाएर कपडा सिलाएर सारा जनतालाई सुरक्षा प्रदान गर्दछ, चिटिक्क बनाउँछ ऊ कसरी दलित हुन्छ ? जसले सम्पूर्ण निर्माण र उत्पादनमा चाहिने भाँडा वर्तन बनाउँछ ऊ कसरी कामी र अछुत भयो ? जसले मानव जातिको गोडाको सुरक्षा गर्ने जुत्ता सिलाउँछ उसलाई सार्की भनियो उ कसरी दलित भयो ? गाउँ टोल शहर बजारको फोहोर फालेर सफाई राख्ने पोडे चमार भए ? कसरी यिनीहरू दलित भए ? विभिन्न चाड पर्वमा उत्सव नाचगान गरेर समाजलाई मनोरञ्जन दिनेह कसरी गाइने भए ? विभिन्न खेतबारी उद्योग कलकारखानामा काम गर्ने श्रमिकहरू कसरी तल्लो दर्जाको नागरिक भए ? यसकारण साँच्चै यो धर्तीमा पसिना सिंचेर सिंगो मानव समाजलाई पालन पोषण गर्ने र यो धर्तीलाई हराभरा बनाउने मान्छेहरू कुनैपनि हालतमा दलित निच जात वा सानो जात हुन सक्दैनन् यिनीहरू त यो धर्तीका महान् मान्छेहरू हुन् । शासन तथा उच्च ब्राह्मणवादी मालिकहरूले आफ्नो स्वार्थको लागि र उत्पादनमाथि आफ्नो प्रभुत्व कायम राख्दै ऐस आराम र विलासी जीवन जिउनको लागि श्रमिक जनतामाथि उचनिच जाजमा विभाजन गरिएको हो । कुनैपनि हालतमा सभ्य र वैज्ञानिक समाजले काम श्रम र सीपको आधारमा विभाजन गरेको उचनिज जातलाई स्वीकार्न सक्दैन । यसकारण माथि नै भनिसकिएको छ यि दलितको कोटीमा राखिएका श्रमिक यस धर्तीका उच्च कोटीका महान मान्छेहरू हुन् जसको पसिना यो धर्तीको मानव समाज बाँचेको छ ।

एकछिन कल्पना गरौं त ! यी बहादुर मान्छेहरू नभइदिएको भए यिनको सीप र पसिना यो धर्तीमा नपोखिएको भए मानव समाज कस्तो हुने थियो होला ? यस्ता मानिसहरूलाई कसरी दलित र निचजात बनाइयो ? यसको पछाडि ठूलो षड्यन्त्र छ, शोषणको जालो छ । सारा उत्पादन गर्ने निर्माण गर्ने लुगा, जुत्ता सिलाउने, भाँडा बनाउने, नाचगान गर्ने जातिहरूको पेट भोको छ, जिउ नाङ्गो छ । जसले श्रमको नाममा सिन्को पनि उठाएको छैन उसको हातमा सम्पत्तिको थुप्रो छ । बिलासी जीवन बिताएको छ । यसैकारण जनकलाकार खुशीराम पाख्रिन आफनो भाकामा यसरी गुन्गुनाउँछन् – काम गर्ने भोकै मर्ने के को यस्तो चाल हो लुगा सिउने नाङ्गै हुने फटाहाकै जाल हो काम सक्यो ज्याला सक्यो हाम्रो खल्ती रित्तै सामन्तको मोटरले चढाउँदैन सित्तै यसकारण एक्काइसौं शताब्दिका दलितहरू त यि हुन् जसले आफ्नो निजी स्वार्थ र सत्ताभत्ताको लागि आफ्नो देशको राष्ट्रियता विदेशीलाई सुम्पन्छन् । विभिन्न प्रकारमा राष्ट्रघाती सन्धि सम्झौताहरू गर्छन् । विभिन्न कालमा विभिन्न बुँदे राष्ट्रघाती सम्झौता गरेर देशलाई सिक्किमीकरणतिर लैजान खोज्नेहरू खाँटी दलित हुन् । यि निच मान्छेहरू हुन् यिनीहरू देशका कुलंगार हुन् नेपाली जनताले छुन पनि नपाउने गरेर गण्डकी भारतलाई सुम्पनेहरू महाकाली, कोशी, कर्णाली विदेशीलाई बुझाउनेहरू । देशको दक्षिणी सिमा सयौं ठाउँमा भारतले मिच्दा र जंगे पिलरहरू गायब बनाउँदा राष्ट्रियताको विषयमा एकशब्द नबोल्नेहरू मोदीले लिपुलेक निल्दा केही बोल्न नसक्ने उल्टो मोदीको पाउमा दण्डवत गर्नेहरू भारतीय सेना नेपाली भित्र पसेर निर्दोष नेपाली नागरिकको प्राण पखेरु उडाउँदा एक शब्द बोल्ने हिम्मत नगर्ने र उल्टो सुरक्षाकर्मीले गिरफ्तार गरेर राखेका भारतीय सुरक्षाकर्मीहरूलाई स–सम्मान देश फर्काउने । राष्ट्रियताको पहरेदार गर्दागर्दै विदेशीको हातबाट मारिएका गोविन्द गौतमहरूलाई सुरक्षाको प्रत्याभूति गराउनुको साथै उक्त विषयमा एक शब्द बोल्न नसक्नु देशको सिमा रक्षाको लागि लड्ने देवनारायण यादवहरूको टाउको फोरिंदा र कर्तव्य पालनको जिम्मेवारी पूरा गर्दागर्दै नेपाली सुरक्षाकर्मीको भारतीय सुरक्षाकर्मीद्वारा टाउको फोरिंदा रमिता हेर्ने शासकहरू एक नम्बर दलित र निज मान्छेहरू हुन् । सत्ता र पदमा बसेर भ्रष्टाचार गर्नेहरू भूकम्पपीडितलाई आएको राहत सामाग्री आफ्नै झोलामा हाल्ने शासकहरू कमिशनको खेलमा भएको ऊर्जाशक्तिलाई दुरुपयोग गरेर देशलाई १८ घन्टाको लोडसेडिङको मारमा पार्नेहरू पनि यो देशका निच मान्छेहरू हुन् । यस्ता भ्रष्टाचारीहरूलाई सबै नेपाली जनताले बहिष्कार गर्नुपर्दछ र देशमा चिहान पनि दिनुहुन्न । यिनीहरू एक नक्बरका अछूत हुन् । साथै आफैले बनाएको नियम कानुन अन्तर्गत् भएको चुनावमा आफ्ना परिवारका सदस्य हार्ने सम्भावना देखेपछि जनताको मतलाई अनादर गर्दै मतपत्र च्यात्न आदेश गर्ने र च्यात्नेहरू पनि निच विचार भएका निच मान्छेहरू नै हुन् ।

(लेखक : नेकपा (क्रान्तिकारी माओवादी) का नेता हुन् ।)

२०७४ भदौ ४ गते १० : १७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!