कंगोमा बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २ सय पुग्यो

काठमाडौ / भदौ ४ : कंगोमा भीषण बाढी पहिरोमा परेर शनिबारसम्म कम्तीमा पनि २ सय जनाको मृत्यु भएको समाचार छ भने हजारौं घर परिवार विस्थापित भएका छन् । गएको बिहीबार कंगोको इतुरी प्रान्तमा पहिरो गएको थियो । पहिरो शुक्रबारसम्म पनि बगिरहेको थियो । शनिबार उक्त पहिरोस्थलबाट २ सय जनाको शव निकालिएको बताइएको छ । कंगोका उप गभर्नरले दिएको जानकारीअनुसार यहाँका तीन वटा गाउँमा बाढी र पहिरो गएको थियो र ती क्षेत्रमा भएको उद्धारको प्रयासपछि ठूलो संख्यामा शव भेटिएको थियो ।

२०७४ भदौ ४ गते ३ : ४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :