लोकतन्त्रको धराप

(अरुन्धती रायको यो लेख ‘आउटलु क’ अंग्रेजी साप्ताहिकमा २० सेप्टेम्बर २०१० मा प्रकाशित भएको थियो । यो लेखले भारतीय लोकतन्त्रको भयानक अवस्था र झाँगिदो असमानतामाथि खरो टिप्पणी गरेको छ । यहाँ ‘माओवादी कमरेडहरूसँग’ शीर्षकमा प्रकाशित नेपाली भाषा पुस्तकका प्रमुख अंशहरू साभार प्रकाशित गरिएको छ ।)

  • बराङ्गलसम्म सँगै हिंडेकी पदमालाई पनि मैले सम्झिएँ । उनी ३० वर्ष मात्रै कटेकी छिन् । तर भ¥याङ चढ्दा उनले भित्ताको आड लिएर जीउ अगाडि धकेल्नुपर्छ । ‘एपेन्डिक्स’ को शल्यक्रिया भएको एक हप्तापछि नै उनी पक्राउ परेकी थिइन् । शरीरभित्र ‘घ्यामरेज’ हुन्जेलसम्म पिटियो । त्यसैले उनको शरिरको थुप्रै अङ्गहरू निकाल्नु परेको थियो । एकातिर भने उनको घुँडा फोड्दै, अर्कोतिर भने दया देखाउँदै प्रहरीले गोडा भाँच्नुको कारण भनेको थियो, ‘अब फेरि जङ्गलमा हिंड्न नसकोस् भन्नको लागि तेरो घुँडा फुटाको ।’ उनी ८ वर्षको जेल सजायपछि मुक्त भएकी थिइन् ।
  • भारत स्वतन्त्रताको ६४औं वार्षिक उत्सवको उपलक्ष्यमा प्रधानमन्त्री मनमोहन सिंह देशका नाममा अल्छीलाग्दो, सपाट र भावविहीन सम्बोधन दिन लाल किल्लामा ‘बुलेटप्रुफ सोपबक्स’ मा उक्लिए । विश्वमै दोस्रो ठूलो आर्थिक वृद्धिदर हुँदाहुँदै पनि अफ्रिकाका सबैभन्दा गरिब २६ देशको कूल जनसंख्या भन्दा पनि गरिब जनता भएको देशलाई उनी सम्बोधन गर्दैछन् भन्ने कसले अनुमान गरेको थियो होला र ? भारतको सफलतामा तपाईहरू सबैको योगदान छ ।’ उनले भने – ‘हाम्रा श्रमिक, हाम्रो शिल्पकार, हाम्रा किसान सबैको कडा परिश्रमले हाम्रो देश यहाँ पुग्न सकेको हो । हामी नयाँ भारतको निर्माणमा छौं, जहाँ प्रत्येक नागरिकले उपलब्धीको हिस्सा पाउनेछन्, हामी त्यस्तो वैभवशाली नयाँ भारतको निर्माण गर्दछौं, जहाँ प्रत्येक नागरिकले शान्त र हार्दिक वातावरणमा आत्मसम्मान र गौरवपूर्ण जीवन बिताउन पाउने छन् । त्यस्तो भारत जहाँ, समस्या…. लोकतान्त्रिक विधिले समाधान गरिनेछ, त्यस्तो भारत जहाँ हरेक नागरिकको आधारभूत आवश्यकतालाई सुरक्षित पारिनेछ । कसैले यसलाई चिहानको ठ्ठा भन्न सक्छन् । उनी यसरी बोले, मानौं उनी फिनल्याण्ड वा स्वीडेनका जनतालाई सम्बोधन गर्दछन् ।
  • सबै निर्देशनहरू सोनिया गान्धीबाट मात्र आउँछन् भन्ने होइन । उनको आत्मकथामा पश्चिम बङ्गालका पूर्व अर्थमन्त्री अशोक मित्राले मनमोहन सिंह कसरी शक्तिमा उदाए भन्ने बारेमा लेखेका छन् सन् १९९१ मा भारतको विदेशी मुद्रा सञ्चिती रित्तिएर संकट आउन लागेपछि नरसिंह राव सरकारले अन्तर्राष्ट्रिय मुद्राकोषको शरण पर्दै आपतकालीन ऋण माग्यो । मुद्राकोष दुईओटा शर्तमा ऋण दिन सहमत भयो । पहिलो, संरचनागत समायोजन र आर्थिक सुधार । दोस्रो उनीहरू (मुद्रा कोष) को छनौटमा अर्थमत्रीको नियुक्ति । “ती मान्छे” मित्रा भन्छन् “मनमोहन सिंह थिए ।”
  • सोनियाँ र राहुल गान्धी सरकारका ‘इञ्चार्ज’ हुन् भनेर कल्पना गर्नु गल्ती हुनेछ । वास्तविक शक्ति अहिले न्यायधीस, नोकरशाह (कर्मचारी) र राजनीतिक नेताहरूको कुलीन झुण्डमा पुगिसकेको छ । यिनीहरूलाई पनि धेरथोर सबैतिर स्वामित्व भएका केही ‘निगम’ ले दौड प्रतियोगिताको घोडा झैं कुदाउँछन् ।
  • आजादले यसको जवाफ दिए । हत्या हुनुभन्दा अगाडि लेखिएको उनको यो लेख अन्तिम बन्न पुग्यो । (आउटलुक, जुलाई ११, २०१० ः “भारतको कून भागमा संविधान क्रियाशील छ, मिस्टर भर्गेज ? कहाँ ? दन्तेवाडामा, बिजयपुर, काँकर, नारायणपुर, राजनन्दगाउँ, झारखण्ड वा उडिसामा ? कि लालगढ र जङ्गल महलमा ? अथवा कश्मिर उपत्यकामा ? या मणिपुरमा ? हजारौं सिखहरूको हत्यापछि २५ वर्षसम्म तपाईको संविधान कहाँ लुकेको थियो ? हजारौं मुसलमानहरू चिहानमा पुरिंदा यो कहाँ थियो ? राज्य सञ्चालित सलवा जुडुम ‘ग्याङ’ ले हजारौंलाई कत्लेआम गर्दा यो कहाँ थियो ? लाखौं किसान आत्महत्या गर्न वाध्य हुँदा यो लुकी बस्छ ? आदिवासी महिलाको सामूहिक बलात्कार हुँदा वा अन्य फटाहाहरूले सर्वसाधारण अपहरण गर्दा यो संविधान कहाँ हुन्छ ? तपाईको लागि निकै महत्वहो यो संविधान त भारतका असंख्य जनताका लागि ‘ट्वाइलेट पेपर’ जतिको पनि छैन ।
  • प्रेस ट्रष्ट अफ इण्डिया (पिटिआइ) ले त इण्डियन एक्सप्रेसले इमान्दारीपूर्वक बढाइचढाई गरेको थुप्रै झुठा समाचारहरू प्रकाशन गर्छ । माआवादीहरूले आफूले मारेको प्रहरीहरूको लाशमाथि गरेको दुव्र्यवहारबारेमा त्यस्तै एउटा समाचार थियो । (यो समाचारको खण्डन प्रहरीबाटै भयो तर हुलाक टिकट आकारमा मध्यमृष्ठमा छापियो ।) ‘एक्स्क्लुसिभ’ को बिल्ला लगाउँदै एकैखाले थुप्रै अन्तर्वार्ताहरू आउँछन्, जसमा एक छापामार युवतीलाई माओवादी नेताहरूले कसरी बारम्बार बलात्कार गरे भन्ने कुराकानी देखाइन्छ । माओवादीको पञ्जाबाट भर्खरै फुत्किएकी ती युवतीलाई दुनियाँलाई आफ्नो कथा भन्न आएकी बहादुरको रुपमा प्रस्तुत गरिन्छ । तर, यथार्थमा चाहीं ती युवती महिनौंदेखि प्रहरीको कब्जामा रहेको खुलासा हुन्छ ।
  • अहिलेको सशस्त्र युद्धमा संलग्न विभिन्न राजनीतिक संगठनहरूमध्ये भारतीय कम्युनिस्ट पार्टी (माओवादी) जति विवादास्पद कुनै छैन । यसको एकमात्र प्रष्ट कारण हो – सशस्त्र युद्ध नै क्रान्तिको एकमात्र बाटो हो भन्ने यसको निर्विकल्प विचार । समुन्नत बनर्जीको किताब ‘इन द वेक अप नक्सलवादी’ मा आन्दोलनको मिहीन चर्चा गरिएको छ । आन्दोलनको प्रारम्भिक समय अर्थात् ‘वर्गशत्रु सखाप पार्ने’ भन्दै सुरु गरेको क्रान्तिको हठात सुरुवात र जनताहरू स्वस्फूर्त जाग्नेछन् भन्ने यसको आशाबारे पुस्तकमा एकदम शूक्ष्मसँग वर्णण गरिएको छ ।
  • जनताले खानी उद्योग विरुद्ध संघर्ष गरिरहेका कतिपय ठाउँहरूमा माओवादीले सहयोग नगरेको र उद्योगबाट चन्दा पाइन्जेल उनीहरू चुप लाग्छन् भन्ने खबर निरन्तर आइरहेको छ । तिनका उच्च तहका नेताहरूको अन्तर्वार्ता र वक्तव्यलाई हेर्ने हो भने पनि खानी उद्योगको विषयमा उनीहरूको कुरो उही ‘हामी राम्रो गर्छौं’ भन्ने प्रकारको मात्रै आउँछ । उनीहरू ‘वातावरणलाई असर नपार्नेगरी खानी झिक्ने ठूलो रोयल्टी तिराउने, विस्थापितका लागि राम्रो बसोबासको व्यवस्था गराउनेजस्ता अष्पस्ट कुरा गर्छन् । अहिलेका खानी तथा प्राकृतिक स्रोत मन्त्रीले पनि माओवादीकै लाइनमा संसदमा बोल्दै खानी उद्योगबाट आएको नाफाको २६% आदिवासी जनताकै विकासका लागि खर्च गर्ने घोषणा गरे । खोरमा थुनिएको सुँगुरलाई भोजको के रमाइलो ?
  • हामी चुक घोप्ट्याएजस्तो अँध्यारोमा मुर्दाजस्तो शान्त भएर हिंडिरहेका छौं । मैले मात्र चोरबत्ती प्रयोग गरिरहेकी छु । म भन्दा अगाडि कमला छे । उनको कालो चप्पलले मैले कहाँ पाइला राख्नुपर्छ भनेर देखाइरहेको छ । उनले मैले भन्दा दसगुणा बढी वजन बोकेकी छिन् ।
  • विविसीका एकजना पत्रकार माओवादी नेता किसनजीलाई सोध्छन् – ‘अहिले अँध्यारो भइसकेको छ । तपाईहरूले धराप विछ्याउनु भएको छ । थप सुरक्षा फौज परिचालन गरिएको छ । के तपाईहरूले धराप विछ्याउनुभएको छ । थप सुरक्षा फौज परिचालन गरिएको छ । के तपाईहरू उनीहरूमाथि पनि आक्रमण गर्नुहुन्छ ? उनी भन्छन् – गर्छौं नि, गरेनौं भने त जनताले मलाई कुट्छन् ।’ (समूहमा हाँसो चल्छ ।)
  • भारतका ८३ करोड जनताहरू दैनिक २० रुपैंयाभन्दा कममा आफ्नो दिन गुजारा गर्छन् जो सरकारी गोदाममा भन्दा अर्बौ टन अन्न मुसाले खाएर कुहिएर या जलाएर नष्ट भइरहँदा                                                                                                                               (गरिबलाई बाँड्नुभन्दा जलाउन सस्तो पर्ने भएकोले भोकले छटपटिन्छन् ।)

२०७४ भदौ ४ गते १ : ३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :