ललिपप हेर्दै प्रचण्ड

काठमाडौं / भदौ ४ :  नेपाली सेनाका कर्णेल कुमार लामा बेलायतमा पक्राउ परेपछि विदेश भ्रमणमा जानसम्म डराएका प्रचण्डलाई विश्वका पुँजीवादी शक्ति केन्द्रहरुले राजनीतितर्फको नोवेल शान्ति पुरस्कार दिने ललिपप देखाएका छन् । त्यही लोभमा प्रचण्डले एकातिर संसदीय व्यवस्थाको गीत गाउने गरेको र अर्कोतिर क्रान्तिकारी धाराका विरुद्ध भयंकर शत्रुतापूर्ण व्यवहार गरिरहेको रहस्योद्घाटन भएको छ । नेकपाका महासचिव विप्लवले साउन ९–१३ को केन्द्रीय समिति बैठकमा सो रहस्य खुलस्त गर्नुभएको हो । सो बैठकमा महासचिव विप्लवले आरसीपीले गोञ्जालोको आलोचना गरेको प्रसंग उठाउँदै गोञ्जालोको विषयमा अन्तिम निश्कर्ष निकाल्ने समय नभएको बताउनुभएको नेकपा सुत्रले जानकारी दिएको छ ।

२०७४ भदौ ४ गते १२ : ३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :