रत्नपार्कमा तनाव ग्रस्त, अशनमा झडप कम्तिमा २० जना पक्राउ

rat3

काठमाडौं ः कात्तिक १९, भारत र पाकिस्तानको विवादीत सिमा क्षेत्रमा तनाब बढेपछि भारतले गोर्खाली सेना प्रयोग गर्ने निर्णयको विरुद्ध नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले विरोध प्रदर्शन गरेको छ । 

cxz

भारत र पाकिस्तान स्वतन्त्र भएदेखि जम्मु, काश्मीरको विषयलाई लिएर पाकिस्तान र भारत बीच तनावको स्थिति रहँदै आएको छ । सन् १९७१ मा भारत र पाकिस्तानको बीचमा घमासान युद्ध भएको थियो । सो युद्धमा भारतले गोर्खा रेजिमेण्टलाई प्रयोग गरेको थियो । हालैको तनावमा गएको सोमबार पाकिस्तानी सेनाको फायरिङबाट धरान –११, सोलिङका विमल तामाङको मृत्यु भएको छ ।

ravi

त्यस्तै गोर्खा भर्ती खारेजी र पाकिस्तानको विरुद्धमा गोर्खाली सेनाको प्रयोग नगर्न माग राख्दैै आज नेकपा (माओवादी) केन्द्रीय समितिको आव्हान गरेको आज दिउँसो १२ ः वजे रत्नपार्कबाट प्रदर्शन गर्ने क्रममा गिरफ्तार पर्नेमा सोे पार्टीका पोलिट व्यूरो सदस्य अनिल शर्मा, युवाको काठमाडौं जिल्ला उपाध्यक्ष शुर्य भुजेल, विद्यार्थी नेता प्रकाश अधिकारी, जनगणतान्त्रिक सम्पर्क मञ्चको नेता दुर्गा अधिकारी, रवी गोले, टंक जेशी, केशव शर्मा, आकाश, धुर्ब अधिकारी, दावा लामा, मिरमिरे पत्रकार शाहस भट्ट लगायत २९ जनालाई महेन्द्र पुलिस क्लवमा राखिएको छ । त्यस्तै अशनमा सोही र्याली निकाल्ले क्रममा झडब भैरहेको हाम्रो जनगणतान्त्रिक संवादाताले बताएका छन् ।

14955768_10211002959256187_6395971134626510978_n

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :