पाकिस्तान युद्धमा गोर्खा रेजिमेण्ट प्रयोग नगर्न माओवादीको भारतलाई चेतावनी

 

indian-gorkha-army

काठमाडौं ः कात्तिक १८, भारत र पाकिस्तानको विवादीत सिमा क्षेत्रमा तनाब बढेपछि भारतले गोर्खाली सेना प्रयोग गर्ने निर्णयको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले  विरोध गरेको छ ।

भारत र पाकिस्तान स्वतन्त्र भएदेखि जम्मु, काश्मीरको विषयलाई लिएर पाकिस्तान र भारत बीच तनावको स्थिति रहँदै आएको छ । सन् १९७१ मा भारत  र पाकिस्तानको बीचमा घमासान युद्ध भएको थियो । सो युद्धमा भारतले गोर्खा रेजिमेण्टलाई प्रयोग गरेको थियो । हालैको तनावमा गएको सोमबार पाकिस्तानी सेनाको फायरिङबाट धरान -११, सोलिङका विमल तामाङको मृत्यु भएको छ ।

त्यस्तै गोर्खा भर्ती खारेजी र पाकिस्तानको विरुद्धमा गोर्खाली सेनाको प्रयोग नगर्न माग राख्दैै नेकपा (माओवादी) केन्द्रीय समितिको आव्हानमा भोली दिउँसो  २ वजे रत्नपार्कबाट प्रदर्शन गर्ने सोे पार्टीका पोलिट व्यूरो सदस्य अनिल शर्माले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :